बिहिबार, बैशाख १३, २०८१

पशुपन्छी विकास मन्त्रालयको औचित्य

काठमाडौं, पुस । सरकारको नेतृत्व गर्नेहरुले मन्त्रालयको बांडफांडमा जुन सक्रियता देखाउने गर्दछन् । त्यसले राजनीतिक दलका नेताहरुको हैसियत नै प्रष्ट पार्ने गर्दछ । आर्थिक चलखेल गर्न मिल्ने करोडौं अनियमितता गर्न मिल्ने मन्त्रालयको नेतृत्व गर्नका लागि पार्टीहरुको गृहयुद्ध नै हुने गरेको यथार्थ छ । तर जुन मन्त्रालय कमजोर देखिएको छ, ती मन्त्रालयहरुमा मन्त्री जान नै चाहदैनन् । मन्त्री नै बन्न नचाहने मन्त्रालयको आवश्यक छ ? यदि छैन भने किन मन्त्रालयहरु मर्ज गरिंदैन । मर्ज गर्नुको औचित्य सहित पुष्टि गर्न किन सक्दैनन् सरकार हांक्ने ठेकेदारहरु ! pasu mantralaya kri
हो, यतिखेर अघिल्लो सरकारले नेपालमा स्वरोजगार र जिवीकोपाजर्न सहित मुलुकलाई आत्मनिर्भर बनाउने सक्ने पशुपन्छी पालन व्यवसायलाई अझ प्रभावकारी बनाउन भन्दै कृषि विकास मन्त्रालयबाट विभाजन गरेर पशुपन्छी विकास मन्त्रालय स्थापना ग¥यो । सो मन्त्रालय स्थापनाको एक बर्षभित्र अण्डा, मासु र दूधमा आत्मनिर्भर बन्नका लागि कार्ययोजना सहित कार्यान्वयन गर्दै सफलताको सिंढी चढ्दै गर्दा पशुपन्छी विकास मन्त्रालयको आवश्यक छ भन्ने पुष्टि गर्दै पशु सेवामा कार्यरत कर्मचारीहरु सक्रिय देखिएका पनि छन् । तर त्यही पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी लिईरहेका प्रधानमन्त्री पशुपन्छी विकास मन्त्रालयको औचित्यमाथि नै प्रश्न चिन्ह खडा गर्दैै पूर्ण रुपमा वेवास्ता गरिरहेका छन् ।
आम नेपाली किसानहरु जसले दैनिक हातमुख जोर्न परम्परागत रुपमा भएपनि पशुपालन व्यवसाय मार्पmत जिवीकोपाजर्न समेत गर्दै आईरहेका छन् । जनु व्यवसायले अवौं रुपैयां विदेशीनबाट रोकेको मात्र होइन केही बर्षभित्र निर्याता समेत गर्ने सम्भावन समेत बोकेको छ । यस्तो व्यवसाय जसले मुलुकलाई केही बस्तुमा आत्मनिर्भर बनाउने प्रयास गरिरहंदा पनि त्यस्को माउ मन्त्रालयलाई राज्य चलाउने जिम्मा लिएकाहरुले वेवास्ता गर्नुको कारण के हो ? यसको उत्तर पशुपालन व्यवसायमा सक्रिय किसानहरुले खोजिरहेको छन् ।
यदि त्यसो होइन भने पशुपन्छी विकास मन्त्रालयको औचित्य छैन भन्ने लाग्ने हो भने प्रधानमन्त्रीले सम्हालेको यो मन्त्रालय किन जीवन र मरणको दोसांधमा राखिएको छ । कि यसलाई मर्ज गर्ने साहस गर्नु प¥यो कि पशुपन्छी विकास मन्त्रालयले मन्त्री पाउनु प¥यो । प्रधानमन्त्रीको नाम अंकित भित्तामा टांसिएको बोर्डले काम गर्दैन । तसर्थ मन्त्रालय स्थापना मात्र गरेर टुहुरो बनाउनेको औचित्य के हो ?

प्रकाशित मिति: सोमवार, पुस ११, २०७३