शुक्रबार, बैशाख ७, २०८१

पशुपन्छीको बजेट दुईतिहाई बढ्ने

काठमाडौं, जेठ । कृषि विकास मन्त्रालयबाट विभाजित भएको पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विगतका बर्षहरुमा भन्दा दुई तिहाई भन्दा बढी बजेट हात पार्न लागेको छ । कृषि विकास मन्त्रालयसंगै रहंदा पशु सेवा विभागको बजेटलाई नै पशुपन्छी विकास मन्त्रालयको बजेटका रुपमा लिइएको छ । pasu mantralaya kriचालु आर्थिक बर्षमा करीव ५ अर्व ६५ करोडको हाराहारीमा भएको बजेट आगामी आर्थिक बर्षमा ९ अर्व भन्दापनि बढी विनियोजित हुंदैछ ।
आगामी आर्थिक बर्षका लागि पशुपन्छी विकास मन्त्रालयको बजेट थप भएर आउनुको प्रमुख कारण भनेको पशुसेवामा नै कार्यरतले बजेट बनाउने पाएकाले त्यसो भएको एक उच्चअधिकृतले बताए । विगतमा कृषिले बजेट बनाउंदा पशुलाई प्राथमिकता नदिने गरेको उनले बताए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ३, २०७३