शुक्रबार, चैत्र १६, २०८०

पशुपक्षी मन्त्रालयबाट मात्र शतप्रतिशत गुनासाको सम्बोधन

काठमाडौँ, साउन १४ । पशुपक्षी विकास मन्त्रालयले मात्र सर्वसाधारणका गुनासा शतप्रतिशत सम्बोधन गरेको छ । अहिलेसम्मको ‘हेलो सरकार’लाई प्राप्त गुनासामा पशुपक्षी विकास मन्त्रालयले मात्र शतप्रतिशत गुनासा सम्बोधन गरेको हेलो सरकार कार्यक्रमका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
पशुपक्षी मन्त्रालयले अहिलेसम्म १६० गुनासामध्ये सबै गुनासालाई सम्बोधन गरेको उनले जानकारी गराए । मन्त्रालयमा पशुस्वाथ्य बीमा, पशुपालनसम्बन्धी गुनासा आउने गरेका थिए । सबैभन्दा कम गुनासा सम्बोधन गर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको छ । आयोगले ३४.१५ प्रतिशत मात्र जनताका गुनासा सम्बोधन गरेको उपसचिवसमेत रहनुभएका उपाध्यायले बताए ।
आयोगले अहिलेसम्म १२३ गुनासामध्ये ४२ मात्र सम्बोधन गरेको छ भने ८१ गुनासोलाई सम्बोधन गरेको छैन । हेलो सरकारमा अहिलेसम्म ८१.७६ प्रतिशत गुनासा फर्छौट भएको छ ।
विसं २०६८ कात्तिक १९ गतेबाट जनताका गुनासा सम्बोधन गर्न थालिएको हेलो सरकारले अहिलेसम्म ५६ हजार ७५९ गुनासो फछ्र्यौट गरेको हेलो सरकार कार्यक्रमका प्रमुख उपाध्यायले बताए ।
सम्बोधन हुन बाँकी गुनासालाई सम्बोधन गर्नका लागि मन्त्रालय तथा सम्बन्धित निकायलाई ताकेता गरिरहेको उपसचिव उपाध्यायले बताउनुभयो । हेलो सरकारले फोन, सामाजिक सञ्जाल, ट्वीटरबाट गुनासो लिने गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७४