शुक्रबार, चैत्र १६, २०८०

पशुपंक्षी विकास मन्त्रालयको ४० बुंदे प्रतिवद्धता सार्वजनिक

काठमाडौं । कृषि विकास मन्त्रालयबाट विभाजन भएको करीव एक महिना पछाडि मात्र पशुपंक्षी विकास मन्त्रालयले आफ्नो प्रतिवद्धता सार्वजनिकीकरण गरेको छ । कृषि विकास मन्त्रालयले २७ बुंदे प्रतिवद्धता जाहेर गरेको भएपनि त्यसलाई उछिन्दै पशुपंक्षी विकास मन्त्रालयले भने ४० बुंदे आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ ।
प्रतिवद्धता सार्वजनिक गर्ने क्रममा पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले दूध, मासु र अण्डामा आत्मनिर्भरत हुनका लागि कार्यक्रम शुरु गरिसकेको बताईन् । उनले कृषि विकास मन्त्रालयबाट छुट्टिएर आएको भएपनि पशुपंक्षी विकास मन्त्रालयले आफ्नो बेग्ले पहिचान बनाइएसकेको भन्दै किसानहरुलाई पशुपालन तर्फ आकर्षित गर्ने कार्यक्रमहरु मन्त्रालयले तयार गरिसकेको समेत बताईन् । pasu mantralaya
कार्यक्रममा पशुपंक्षी राज्य मन्त्री नरदेवी पुनले पशुपालन व्यवसायलाई व्यवसायिक बनाउने र त्यसको बजारीकरणको जिम्मेवारी मन्त्रालयले लिनु पर्ने धारणा व्यक्त गरेकी थिईन् । उनले किसानहरुलाई गोठाले नबनाएर मालिक बनाउन तर्फ आफूहरु लागेको बताईन् । मन्त्री बनेपछि गोठदेखि ओठसम्म स्वस्थताको कुरा गर्ने मन्त्री पुनले प्रतिवद्धता सार्वजनिक कार्यक्रममा पुन सोही कुरा दोहो¥याउंदै पैसा तिरेर उपभोग गर्ने पशुजन्य उत्पादन स्वस्छ र स्वस्थ हुनु पर्ने बताएन् । त्यसका लागि मन्त्रालय मातहतका सरोकार राख्ने निकाय सक्रिय बनिसकेको समेत उनले बताईन् ।
कार्यक्रममा मन्त्रालयको सचिव डा. कृष्ण चन्द्र पौडेलले राष्ट्रिय पशुपालन नीति छ महिना भित्र ल्याउने बताउंदै मन्त्रालयले घोषित प्रतिवद्धता पूरा गर्नका लागि २० अर्व बजेट लाग्ने समेत बताए । उनले कुनै हालत पनि मिल्क होलिडे हुन नदिने समेत बताएका थिए ।
सोही कार्यक्रममा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा.विमल कुमार निर्मलले मासुजन्य बस्तुमा आत्मनिर्भर बन्नका लागि बृहत्तर पशु उत्पादन बृद्धिका कार्यक्रमहरु सञ्चालन भईरहेको बताउंदै विगतमा भन्दा अहिले नेपालमा नै मासु उत्पादन बृद्धि हुंदै गएकाले केही बर्षभित्र नै मासुमा आत्मनिर्भर हुने बताए ।

प्रकाशित मिति: बुधबार, माघ १३, २०७२