बिहिबार, बैशाख ६, २०८१

पशुजाँच ऐन २०५५ कार्यान्वयन नभएको भन्दै मन्त्री रुष्ट

काठमाडौं, श्रावण । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले २० वर्ष वितिसक्दा पनि पशुजाँच ऐन–२०५५ कार्यान्वयन नभएकोमा आक्रोश व्यक्त गरेका छन् । सरकारले ऐन कानून बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने हो भने नयाँ नयाँ ऐन कानून बनाउनुको कुनै अर्थ नभएको बताएका छन् । मन्त्रालयका आयोजित मुलुकभर रहेको प्लाण्ट क्वारेण्टिन, पशु क्वारेण्टिन, खाद्य क्वारेण्टन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको छलफल कार्यक्रममा मन्त्री खनालले सो कुरा बताएका हुन् । यो हुन्छ वा त्यो हुन्छ भन्ने डरले ऐन कार्यान्वयन नगराउनु गलत भएको भन्दै कानून कार्यान्वयको समस्या नबुझि बोल्नु नहुने समेत बताए ।
भारतबाट आयात गरिने फलफूल तथा तरकारीमा विषादी परीक्षण काण्डमा सरकार असफल भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेका तीन वटै विषयका क्वारेण्टिन कार्यालयको वर्तमान संरचना र अवस्थाको बारेमा जानकारी लिनका लागि मन्त्रीले आन्तरिक छलफलका लागि बोलाएको मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा मन्त्री खनालले ३ वटै क्वारेण्टिनवीच समन्वय नभएका कारणले समस्या आएको समेत बताए । उनले केही अन्तर्राष्ट्रिय सीमा कसैगरी पनि वन्द गर्न नसकिने भन्दै भारतको तरकारी वा फलफूल खाँदिन भन्दै उफ्रिनु भन्दा युवाहरुलाई कृषि उत्पादनका संलग्न गराउनु पर्ने बताए । मन्त्री खनालले अरव गएर ल्याएको रेमिट्यान्सले भारतीय तरकारी खरिद गरेर खानु भन्दा आफै उत्पादन गरे उपभोग गर्न आग्रह समेत गरे ।
नेपाल दुई ठूला देशका वीचमा रहेका कारण धेरै अवसर पनि भएको र सोही मात्रामा चुनौती पनि भएकाले सोही चुनौतीलाई सामना गर्दै काम गर्नु पर्ने समेत बताए । उनले विषादीका विषय होस् वा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सरोकार राख्ने कुनै पनि विषयमा मातहतका निकायले गरेको कामको मन्त्रालयले जिम्मा लिनु पर्ने समेत स्पष्ट पारे । नेपालमा अधिकांश खाद्य बस्तुहरु भारताबाट नै आयात हुने भएकाले पनि सीमा क्षेत्रमा भारतले विषादी परीक्षणका लागि कुनै पनि मेशिन नराख्नुको प्रमुख कारण रहेको खुलासा गरे । मन्त्री खनालले भने, ‘ भारतले नेपालबाट कृषि उपज लैजानु पर्ने भए सो क्षेत्रमाा विषादी परीक्षणका लागि मेशिन राखेर नेपालमा उत्पादन भएका कृषि उपजप जेकजाँच गरेर मात्र लैजान्थ्यो तर विडम्वना हामीले भारत पठाउन सकेका छैनौ त्यसैले पनि भारतले सीमा नाकामा विषादी परीक्षण नराखेको मन्त्री खनालको भनाई थियो । नेपाली उत्पादन भारत जाने हो भने जुन जुन नाकाबाट जान्थ्यो त्यही त्यही नाकामा भारतले मेसिन जडान गरिसक्थ्यो ।

प्रकाशित मिति: आइतवार, साउन १२, २०७६