शुक्रबार, चैत्र १६, २०८०

पन्ध्र जिल्लामा श्रोत केन्द्र बनाउँदै पशुपन्छी विकास मन्त्रालय

काठमाडौँ, भाद्र । पशुपन्छी विकास मन्त्रालयले कृषि विकास मन्त्रालयमा गाभिने चर्चा चलिरहेको भएनि सो मन्त्रालयले आगामी बर्षका लागि नयां नयाँ कार्यक्रमहरु पभने सार्वजनि गर्दै गईरहेको छ ।pasu mantralaya kri विगतमा ओली नेतृत्वको सरकारका पालमा कृषि विकास मन्त्रालयबाट विभाजित सो मन्त्रालयलाई फेरि कृषिमा नै गाभ्ने हल्लासंगै हालसम्म पनि मन्त्री नतोक्नुले गाभिने हल्लालाई सार्थत तुल्याईरहेका छ । मन्त्राल गाभियोस वा नगाभियोस् पशुपक्षी विकास मन्त्रालयले तराई तथा पहाडका विभिन्न १५ जिल्लामा स्रोत केन्द्रको विकास गर्ने लक्ष्य भने बनाएको छ । गाई भैँसीलगायतका पशुको नश्ल सुधार, व्यवस्थित तथा पौस्टिक आहार, दाना, खोपको व्यवस्था तथा महामारी नियन्त्रण गर्ने आवश्यक तयारीको व्यवस्था गर्न चालु आवमा स्रोत केन्दको स्थापना गर्न लागिएको हो ।
निजी क्षेत्रसँग मन्त्रालयले सहकार्य गरी तराई तथा पहाडी भेगमा केन्द्रको विस्तार गर्ने छ । मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले सरकारले तत्काल सहकारी तथा निजी क्षेत्रको सहयोगमा निर्माण भएका ठूला पशुपालन केन्द्रमा नश्ल सुधार कार्यक्रम लैजाने जानकारी दिनुभयो । चितवन, नवलपरासीलगायत अन्य केही जिल्लाका कृषकले सामूहिक रूपमा निजी स्रोतबाट यस किसिमका पालन केन्द्रको स्थापना गरी उन्नत पशुको विकास गरेका छन् ।
उक्त कार्यक्रममा गाई तथा भँैसीपालन गरी दूधको उत्पादन गर्ने कृषकलाई आवश्यक पर्ने सूचना तथा प्राविधिक ज्ञानका बारेमा आवश्यक सेवा तथा परामर्श उपलब्ध गराइने छ । पछिल्लो समय विकास भएका प्रविधिको माध्यमबाट व्यावसायिक रूपमा दूधको उत्पादन गरी अहिले बढदै गएको जनसङ्ख्यालाई दूधको माग पूरा गर्न केन्द्रको महत्व छ । उक्त कार्यक्रमको लागि मन्त्रालयले रु सात करोड ७७ लाखको बजेटको व्यवस्था गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ७, २०७३