बिहिबार, बैशाख १३, २०८१

पन्थी डेरीले उत्पादन गरेको गुणस्तरहीन दूध नष्ट

कास्की । कास्की जिल्लाको पोखरामा विगत लामो समयदेखि दूध प्याकेजिङ्ग गर्दै आईरहेको पन्थी डेरी उद्योगले उत्पादन गरेको दूध खान अयोग्य भेटिएपछि विक्री वितरण गर्न राखिएका दूध नष्ट गरिएको छ ।
पन्थी डेरीको तीन सय लिटर दूध स्थानीय प्रशासनले नष्ट गरेको बताइएको छ । केही दिन अगाडि मात्र आपूर्ति मन्त्रालय, स्थानीय सरोकारवाला, उपभोक्तावादी संस्थाहरुको समेतको अनुगमनमा सो डेरीले म्याद नाघेका दूध र दही पुन म्याद राखि विक्री वितरण गरेको भन्दै मिति समेत नरहेको भन्दै शिलवन्दी गरेको थियो । सिलवन्दी गरेको एक सातापछि उपभोक्तावादी संस्था, सरोकारवाला निकायहरु समेतको उपस्थितिमा पन्थी डेरीले उत्पादन गरेका दूध नष्ट गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १०, २०७३