शनिबार, बैशाख ८, २०८१

पञ्चायत कालमा भन्दा पनि विग्रँदै गयो कृषि क्षेत्र : कृषि मन्त्री खनाल

काठमाण्डौ, साउन । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रजातन्त्र प्राप्तिका ३० वर्षको अवधिमा आईपुग्दा नेपालका कृषि क्षेत्र विग्रदै गएको खुलासा गरेका छ ।
नेपाल कृषि अनुसन्धान परिषद् स्थापना भएदेखि हालसम्मको अवस्था आफूले अध्ययन गर्दा पञ्चायत कालमा कृषि क्षेत्रको विकास भएको देखिएता पनि प्रजातन्त्र समाप्तिसँगै कृषि क्षेत्रको अवस्था नाजुक हुँदै गएको उनको गुनासो छ ।
राजनीतिक दलका नेतृत्वमो हातमा मुलुकको जिम्मेवारी आएपछि कृषि क्षेत्र धरासायी भएको भन्दै सत्य कुरा बोलेकोले अन्यथा नलिन पनि उनले आग्रह गरेका छन् ।
उनले भने, ‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’
उनले अहिले पनि नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउँदै युवालाई कृषिमा तान्ने र राज्यप्रती जिम्मेवार बनाउनुपर्ने बताए।

प्रकाशित मिति: सोमवार, साउन २७, २०७६