बिहिबार, चैत्र १५, २०८०

पञ्चरत्न फिड्सद्धारा अवैध रुपमा भारतीय अण्डाको कारोबार

चितवन,२७ चैत्र । चितवनको भरतपुर–४, बेलचोकमा रहेको पञ्चरत्न फिड्सले अवैध रुपमा भारतीय अण्डा भित्र्याउने गरेको रहस्य खुलेको छ । चितवनका साना पोल्ट्री व्यवसायीहरुले भरतपुरको आँपटारीमा चेकजाँच गर्दा यस्तो रहस्य खुलेको हो । पञ्चरत्न फिड्सको ना. १ क ३९२९ नम्बरको ट्रकमा उक्त अवैध ५० कार्टून भन्दा बढि अण्डा भेटिएको हो । अण्डा ढुवानी ऐन २०७१ लाई अवज्ञा गर्दै पञ्चरत्न फिड्सले कुखुराको दाना माथि अवैध अण्डा लोड गरि विक्रिको लागि बाग्लुङ पठाउँदै गरेको थियो ।
अण्डा ढुवानी ऐनमा कुखुराको दाना र अण्डा एउटै गाडिमा ढुवानी गर्न नपाईने प्रावधान रहेको छ । सो ऐनमा एक पटक प्रयोग भएको कार्टुन, क्रेट, लगायतका सामाग्री पुन ः प्रयोग गर्न नपाइने नियम छ ।
अवैध सामान ढुवानी गरिरहेको सो ट्रकमा एभरेष्ट, युगल, आर्शिवाद, दाउन्नेदेवी सप्लायसं लेखिएका पुराना तथा पाँच भन्दा बढी विभिन्न भारतीय ब्राण्डका कार्टुनमा अण्डा ल्याइएको थियो । कार्टुनमा अवैध भारतीय अण्डा रहेको थियो ।
पञ्चरत्न फिड्सका कर्मचारी कृष्ण न्यौपानेले पूर्वी चितवनको खैरहनी ज्यामिरेमा रहेको अर्शिवाद सप्लायर्सले आ“फुहरुलाई फसाएको बताए । विश्वासको भरमा हालसम्म आर्शिवाद सप्लार्यसबाट अण्डा खरिद गरिरहेका छौँ । यसरी सप्लायर्सले सिधै फसाउला भन्ने सोचिएको पनि थिएन तर अण्डा लोड हुँदा आफूले प्रत्यक्ष रुपमा ख्याल नगर्नु गल्ति भो उनले भने । तर आर्शिवाद सप्लायर्सका सञ्चालक ऋषि नेपालले सो दिन पञ्चरत्न फिडस्लाई आफ्नै ब्राण्डका २ सय कार्टुनमा प्रंmेस अण्डा बिक्रि गरेको बताए । उनले भने विगत २ वर्षदेखि मैले अण्डा सप्लाई गर्दा पुराना कार्टुन र अरुको ब्राण्ड प्रयोग गरेको छैन । मलाई अचम्म यो लागेको छ कि २ सय कार्टुन अण्डा मैले पठाएकोमा अन्य ब्राण्डका ५० कार्टुन अण्डा पञ्चरत्न फिड्सको गाडिमा कसरी भेटियो ।
सो दिन आशिवार्द सप्लायर्सले पञ्चरत्न फिड्सको ना १ क ३२१६ नम्बरको निलो ट्रकमा अण्डा लोड गरेको थियो तर समातिएको ट्रक पञ्चरत्न फिड्सकै ना. १ क ३९२९ को सेतो रङ्गको भएकोले फिड्सले आर्शिवादबाट नभै अन्य ठाउँबाट अवैध अण्डा ल्याएको हो । पञ्चरत्न फिड्सले लामो समय देखि यस्तो कार्य गर्दै आएको थाहा पाएर हामी आँपटारीमा चेकजाँच गर्न बसेका हौं, साना पोल्ट्री व्यवसायीहरुले भने । उनीहरुले अवैध रुपमा अण्डा ढुवानी गर्ने पञ्चरत्न फिड्सको गाडिलाई १० हजार रुपैयाँ जरिवाना समेत गरेका छन् ।
यस विषयमा पञ्चरत्न फिड्सका सञ्चालक डा. तिलचन्द्र भट्टराईस“ग कुरागर्दा उनले भने ‘हामीले किसानको अण्डा खरिद गरेर विक्रि गरेका हौँ ।
त्यो अण्डा हाम्रो उत्पादन होइन । केही साना व्यवसायीहरुले आफ्नो ढंगले आचार संहिता बनाएर व्यवसाय चल्दैन, त्यो हाम्रो मतलबको विषय होईन । आफ्नो फिड्सको गाडिले १० हजार रुपैयाँ जरिवाना तिरेको उनले अस्वीकार समेत गरे । तर पञ्चरत्न फिड्सका कर्मचारी कृष्ण न्यौपानेले १० हजार जरिवाना तिरेर गाडि छुटाएको बताए । जुन रसिदको प्रतिलिपी पत्रिकास“ग सुरक्षित छ । सो गाडि समाएपछि आन्दोलित पोल्ट्री व्यवसायी कृषकहरुले ठूला बडाका यस्ता खालका व्यवहारले गर्दा आफूहरुले अण्डाको उचित मूल्य नपाएको गुनासो गरे । चल्ला उत्पादन गर्ने ह्याचरीले चल्ला उत्पादनको लागि प्रयोग हुने अण्डा बजारमा ल्याउने गरेकोले पनि अण्डाको उचित मूल्य पाउन नसकेको ेउनिहरुको गुनासो थियो । अवैधानिक रुपमा आयत गरिएका यस प्रकारका अण्डाहरु खान समेत योग्य नभएको विज्ञहरुको दाबी छ । अण्डा ढुवानी ऐन २०७१ लाई पालना नगर्ने जो कोहीलाई पनि कारबाही गरिने नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम के.सीले बताए । ऐनको साना ठुला सबैले पालना गर्नुपर्छ । यस प्रकारका विभिन्न गतिविधिहरुले गर्दा कृषकहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको बताए । कृषकहरुले सहि मूल्य पाउनुपर्छ यसमा हामी पनि लागि परेका छौँ । आन्दोलनरत व्यवसायी साथीहरुले हामीलाई साथ दिनुप¥यो । भारतबाट अवैध अण्डा आयात तथा अण्डा प्याक गर्ने काटुन पुनः प्रयोग गरे वापत पञ्चरत्न फिड्सलाई कार्वाही भईसकेको छ । -बिल बहादुर अधिकारी

प्रकाशित मिति: शनिबार, चैत्र २७, २०७२