शुक्रबार, चैत्र १६, २०८०

न्यून दृष्टियुक्त विद्यार्थीलाई खाद्यान्न

पोखरा, जेठ । जनकवि गोकुल जोशीको उनान्नब्बेऔँ जन्मजयन्तीका अवसरमा तनहुँ सम्पर्क समाज पोखराले न्यून दृष्टियुक्त विद्यार्थीका लागि शनिबार खाद्यान्न वितरण गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकास्थित कुँडहर आधारभूत विद्यालयमा आवासीय रुपमा अध्ययनरत १० न्यून दृष्टियुक्त विद्यार्थीका लागि आवश्यक चामल, चिउरा, चना, नूनतेल, चाउचाउलगायत विभिन्न खाद्यान्न सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष शिवराज पौडेलले जानकारी गराएका छन्।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले विद्यालयका प्रअ रुद्रकुमारी गुरुङलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै विद्यार्थीलाई ममतामयी वातावरणमा शिक्षा प्रदान गरिनुपर्ने औँल्याएका छन् । साहित्यकार स्ट्रगल रानाले प्रगतिशील साहित्यका क्षेत्रमा जनकवि जोशीको महत्वपूर्ण योगदान रहेको बताए ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ९, २०७५