शुक्रबार, बैशाख ७, २०८१

नेपाली पुष्प व्यवसाय भारतीय उत्पादनमा नै निर्भर, प्रर्दशनी आज सकिँदै

puspa

काठमाडौं, १६ चैत्र । व्यवसायिक पुष्प व्यवसाय शुरु भएको लामो समय नभएको भएपनि नेपालमा गत विहिबारदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रर्दशनी आज सम्पन्न हुन गईरहेको छ । अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीमा नेपाल, भारत, जापान, अमेरिका लगायतका देशहरुको सहभागीता रहनुलाई नेपाली पुष्प व्यवसायले व्यवसायिकता हासिल गर्ने छ भन्ने कुराको प्रष्ट्याई गरेको छ ।
पुष्प व्यवसायलाई प्रर्वद्धन गर्नका लागि नेतृत्व गर्नेहरुको बोली र व्यवहारमा फरक हुनाले पनि नेपाली कृषि क्षेत्रको विकास हुन सकिरहेको छैन । अझ पुष्प व्यवसायलाई व्यवस्थित गर्ने कुरामा कसले गर्ने र कसरी गर्ने भन्ने कुराले नै महत्व राखेको छ । अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा हुने गरेका राजनीतिकरणले पनि नेपाली कृषि क्षेत्रको विकास ओझेलमा परेको हो भन्दा फरक नपर्ला ? त्यसमाथि पनि नेपाली पुष्प व्यवसायलाई हेर्ने हो भने कतिसम्म व्यवसायिक भईरहेको छ भन्ने कुरालाई नजिकबाट नियाल्नु आवश्यक छ । नर्सरी सञ्चालनमा ल्याएर घरायसी प्रयोजनका लागि केही विरुवा विक्री वितरण गर्नुलाई मात्र व्यवसायिक रुपमा धारण गरिसकेको भन्यो भने पुष्प व्यवसाय माथि नै अन्याय भएको हो भन्दा फरक नपर्ला ?
यद्यपी कृषि विकास मन्त्रालयले गत बर्ष मात्र पुष्प नीति ल्याएर नयाँ कार्यको थालनी गरेको भएपनि नीति कार्यान्वयन कति भएको छ भन्ने कुरा पनि हेर्नु आवश्यक छ । व्यवसायिक रुपमा पुष्प खेतीलाई प्रर्वद्धन हुन सकिरहेको छ कि छैन वा सरकारी बजेट कसरी खर्च भईरहेको छ भन्ने कुरा अव बाहिर आउनु पर्ने भएको छ । भारतबाट करोडौंको पुष्प आयात गर्ने अनि नेपाली पुष्प व्यवसाय भन्ने व्यवसायीहरुलाई पनि यसले केही रुपमा व्यङ्ग गरिरहेको छ कि भन्ने स्पष्ट देखिन्छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रर्दशनी त भईरहेको छ तर नेपाली पुष्प उत्पादनको अवस्थाका बारेमा खोजी गर्ने काम भएको छैन । मुलुकलाई कृषि क्षेत्रबाट आर्थिक रुपमा समृद्ध बनाउनु पर्ने भाषण गरिरहँदा कृषि उत्पादन बढाउने कुरामा किन चुकिरहेका छन् ? पुष्प व्यवसायबाट मनग्ये आम्दानी भएको बताउनेहरुले आम पुष्प उत्पादनमा सक्रिय रहेका किसानहरुलाई कसरी मनग्ये आम्दानी भएको भन्ने कुरा स्पष्ट पार्न सक्लान् ? के यो काम फ्लोरिकल्चर एसोसिएसन नेपालले गर्न सक्ला ?
नेपाली कृषि क्षेत्रमा विचौलियाको प्रश्न उठिरहेका बेला नेपाली पुष्प उत्पादनलाई बढाउने तर्फ फ्लोरिकल्चर एसोसिएसन नेपालले थालनी गर्नु अनिवार्य छ । भारतबाट आयातित पुष्पले नेपालको अर्थतन्त्रलाई बलियो होइन धरासायी बनाउने कुरामा कसैको दुईमत नहोला

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७०