बिहिबार, बैशाख १३, २०८१

नेपाली किसानहरुको म किसान हुँ भनेर गर्व गर्ने अवस्था छैन

sk
एसके श्रेष्ठ
प्रवन्ध निर्देशक – मेरो एग्रो

० नेपालको कृषि क्षेत्रमा अहिले कृषि जन्य उत्पादन र खाद्य सुरक्षाका लागि कसरी काम गर्ने भन्ने चासो बढ्दै आईरहेको छ । यहांहरुले पनि कृषि उपज तथा खाद्य सुरक्षालाई । समेत दृष्टिगत गरी काम गरिरहनु भएको छ नि ?
खाद्य सुरक्षा नेपालका लागि ठूलो चुनौती हो । यो चुनौती नेपालमा जव भूकम्प आयो त्यसपछि झन् प्रष्ट रुपमा देखियो । भूकम्पछि आफूसंग भएको खाद्यान्न भण्डारणका कारणले गर्दा ठूलो परिमाणमा नष्ट भयो । त्यसपछि खाद्य सुरक्षाको चुनौति हामीसंग अझ प्रष्टसंग आयो । खेतबारीदेखि घरसम्म ल्याउदाको हुने (पोष्ट हार्भेष्ट), घरमा भण्डारण गर्दा हुने, घरबाट बजारसम्म पु¥याउदा हुने नष्ट समेतलाई हेर्ने हो भने हामीले उत्पादन गरेका खाद्यान्न धेरै नै नष्ट हुने गरेका छन् । त्यसलाई न्यूनिकरण गर्नका लागि हामीले प्रयोग गरेका पुराना प्रविधिहरु समय अनुकुल भएन । त्यसले गर्दा गर्दा नयां प्रविधिको खोजी गरेर ग्राण्ड प्रो कम्पनी जसले खाद्य सुरक्षासंग सम्वन्धित प्रविधिसंग मात्र काम गरिरहेको छ । यो संसारको एउटामात्र यस्तो कम्पनी हो जसले खाद्य सुरक्षासंग मात्र काम गरेको छ । उनीहरुले विभिन्न संस्थाहरुसंग विशेष गरी इरीसंग अनुसन्धानका आधारमा उत्पादन गरेको बस्तुलाई हामीले नेपालमा भित्र्याएको करीव एक दशक भन्दा बढी भईसकेको छ । ती उत्पादनहरुलाई नै किसानसम्म पु¥याउनका लागि हामीले विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरुसंग सहकार्य गरेर काम गरिरहेका छौं ।
० आफूले उत्पादन गरेको खाद्य बस्तु भण्डारण गर्ने हर्मेटिक व्यागको बारेमा किसानहरुलाई जानकारी नै छैन भन्छन् नि ?
यो प्रविधि अत्यन्त राम्रो छ भन्ने कुरा कृषि विकास मन्त्रालयले नै स्वीकार गरिसकेको छ । पोष्ट हार्भेष्ट निर्देशनालय, कृषि अनुसन्धान परिषद्ले समेत स्वीकार गरिसकेको छ । तर हामीले निजी क्षेत्रहरुले मात्र यो कुराको जानकारी मुलुकभर पु¥याउन सम्भव नै छैन । निजी क्षेत्रसंगका यसका लागि अत्यन्तै श्रोत र साधनको कमी छ । हामीले जति सकेका छौं त्यति गरेका छौं । यो पर्याप्त होइन । किसान समक्ष यो सन्देश पुग्न सकेको छैन सांचो हो । यो प्रविधिको बारेमा किसानहरुलाई जानकारी गराउने उदेश्यले विभिन्न जिल्लामा प्रशिक्षण गराउनका लागि केही गैरसरकारी संस्थाहरुसंग काम गरिरहेका पनि छौ । यसका लागि खास गरी जिल्ला कृषि विकास कार्यालयले आफ्ना प्राविधिकहरु मार्फत यो प्रविधिलाई किसानसम्म पु¥याईदिने हो भने खाद्य सुरक्षाका लागि किसानहरुलाई पूर्ण रुपमा सचेत गराउन सकिने छ ।
० तर खाद्यान्न सुरक्षाको कुरा गरेर यो हर्मेटिक व्यागमा अस्वस्थ प्रतिष्पर्धा बढ्न थालेको सुनिन्छ त ?
यसमा अस्वस्थ प्रतिष्पर्धाभन्दा पनि नजानिकन भएको प्रतिष्पर्धा हो जस्तो लाग्दछ । यो व्यागका बारेमा धेरैलाई थाहा छैन । हामीले विगत १० बर्षदेखि काम गरिरहेका छौं । तर के भएको हो भने नेपालमा जव भूकम्प गयो त्यसपछि यसको आवश्यकता टड्कारो रुपमा देखियो । धेरै संस्थाहरुले यसको माग गरे र धेरै व्यापारिक संस्थाहरु तत्कालको फाइदाका लागि प्लाष्तिक व्यागलाई हर्मेटिक व्याग भनेर ल्याएको देखिन्छ । हर्मेटिक व्याग भनेको एयर टाईट व्याग हो । कुनै पनि कम्पनीले मेरो व्याग हर्मेटिक व्याग हो भनेर कानूनी रुपमा बजारमा ल्याउन सक्दैन । भारतको एउटा कम्पनीले प्रयास गरेको थियो त्यसलाई मुद्दा प¥यो र हा¥यो पनि । तर नेपालमा जस्तोसुकै व्यागलाई पनि हर्मेटिक व्याग भनेर बजारमा ल्याएको अवस्था छ । हामी आफैले पनि बजारमा केही अनुसन्धान गरेका थियौं । ती व्यागमा अक्सिजन ट्रास्मिसन दर, मोस्चर ट्रास्मिसनको दरको रेट परिक्षणका लागि भारतमा पठायौं । ती व्यागमा र हामीलेवितरण गरेको व्यागमा धेरै फरक देखाएको छ ।
० तर नेपाल सरकारले सम्वन्धित निकायले ध्यान दिनु पर्ने हो नि त होइन ?
कृषि क्षेत्रमा यो भन्दा धेरै महत्वपूर्ण कुराहरु छन् । जुन सरकारले हेर्नु पर्ने कुरा छ । यो पनि सरकारले हेर्नु पर्ने हो तर सरकारको प्राथमिकतामा यो विषय नपरेको पनि हुन सक्छ । तर हामीले के पाईरहेका छौं भने किसानहरु धेरै जिल्लामा समस्यामा परेका छन् । जुन प्रयोजनका लागि हर्मेटिक व्याग बीउ विजनदेखि धेरै सुरक्षाका लागि भनिएको छ धेरै किसानहरुले नबझुजेर अन्यायमा परेका छन् ।
० तपाईहरुले हर्मेटिक व्यागसंगै किसानहरुलाई मल, बीउहरु पनि पु¥याउंदै आउनु भएको छ कस्ता खालका मल विषादी वितरण गर्नु भएको छ ?
किसानहरुमा अर्गानिक मलको प्रयोग बढाउनका लागि प्रोत्साहित गर्ने हेतुले केही काम गर्न खोजेको भएपनि सरकारी प्रक्रिया र भन्सारमा आउने समस्याले हामीले मलको कारोबार वन्द गरेका छौं । नेपाली बजारमा दर्ता नगरिएका धेरै अर्गानिक मल विक्री वितरण भईरहेका छन् । विषादीमा पनि रासायनिक विषादीलाई विस्तारै न्यूनिकरण गरेर प्रांगारिक विषादीको प्रयोग बढाउनु पर्दछ भन्नेमा हामी लागिरहेका छौं । प्रांगारिक विषादीको प्रभावकारितका लागि परिक्षण गर्न हामीले आफैले ४० रोपनी जग्गामा काम गरिरहेका छौं । रासायनिक विषादीलाई विस्थापित गर्नु पर्दछ । उपभोक्ता एवं किसानहरुमा पनि विषादी प्रयोग गरेको खाद्यान्न उपभोग गर्नु हुंदैन भन्ने चेतना बढ्दै गईरहेको छ । अवको दशपन्ध्रबर्ष पछि रासायनिक विषादी प्रयोग भएका खाद्यान्न उपभोग गर्न हुन्न भन्ने जागरुक उपभोक्ता आउनेछ । स्वास्थ्यका हिसावले र वातावरणका हिसावले पनि प्रांगारिक विषादी नै अत्यन्तै राम्रो हो । त्यसकारण हामीले प्रांगारिक तथा अर्गानिक मल र विषादीलाई नै किसानसम्म पु¥याउनु पर्दछ भनेर वितरण गरिरहेका छौं ।
० प्रांगारिक विषादी नेपालमा नै उत्पादन गर्न सकिने भएकाले विदेशबाट आयात गर्नुभन्दा पनि किसान कै तहमा प्रशिक्षण दिने काममा तपाईहरु लाग्नु भएको छ ?
हो प्रांगारिक विषादी उत्पादनको प्रशिक्षण गराउने विभिन्न संघसंस्था छन् । जिल्ला कृषि विकास कार्यालयहरुले पनि त्यो काम गरिरहेका छन् । व्यवसायिक हिसावले धेरै जग्गामा खेती गर्ने किसानहरुको संख्या भन्दा आफ्नै थोरै जग्गामा कृषि गर्ने किसानहरुको संख्या धेरै छ । त्यसकारण आफ्नो जग्गालाई पुग्ने प्रांगारिक एवं अर्गानिक मल किसानहरुले आफै उत्पादन गर्न सक्छन् । हरेक किसानहरुले गाईभैसी पालेकै हुन्छन् । पात पतिङ्र ग्रामिण भेगमा अभाव छैन । आफूलाई पुग्ने मल किसानहरुले उत्पादन गर्न सक्ने भएपनि बोरामा सजाएर राखिएर र तुरुन्तै पाइने मल भएकाले दुख गरेर प्रांगारिक मल बनाउनु भन्दा मल किन्नु नै सजिलो मान्ने भएकाले रासायनिक मल एवं विषादीमा किसानहरुको आकर्षण बढ्दै गईरहेको छ । रासायनिक मल प्रयोग गरिसकेपछि माटोको उर्वरापनमा ह्रास आईरहेको छ । त्यो अवस्थालाई ध्यान दिने हो भने हामीले आफैले उत्पादन गरेर वा बजारमा भएका प्रांगारिक मलहरु नै प्रयोग गर्नु उपयुक्त हुन्छ । भने विषादी पनि सकिन्छ भने आफैले उत्पादन गर्ने नभए पनि बजारमा भएका प्रांगारिक विषादीहरु नै प्रयोग गर्दा उपयुक्त हुन्छ ।
० अन्त्यमा आम नेपाली किसानलाई के भन्नु हुन्छ ?
सवैभन्दा दुर्भाग्य के हो भने हामी नेपाली किसानहरु म किसान हुँ भनेर गर्व गर्ने अवस्था छैन । तर मलाई लाग्छ अहिले जसरी विभिन्न पेशामा संलग्नहरुले आफ्नो पेशााका बारेमा गर्व गरिरहेका छन् भविष्यमा किसानहरुले पनि आफ्नो पेशालाई गर्वका साथ म किसान हुं भन्ने अवस्था आउन सक्ने भएकाले पेशामा इमान्दारिताका साथ लागौं । – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, अशोज २२, २०७३