मङ्लबार, चैत्र ६, २०८०

नेपालीलाई भात खुवाउन जापानले दियो ३२ करोडको चामल

काठमाडौँ, भाद्र । कुनै बेला विदेशी मुलुकहरमा चामल सहयोग गर्ने गरेको नेपाल यतिखेर चामलका लागि पनि अरुको भर पर्न थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चामलको आयातलाई न्यूनिकरण गर्नका लागि विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आईरहेको भएपनि त्यसले खासै प्रभाव पार्न सकेको देखिँदैन ।
यतिखेर नेपालको खाद्य संकट टार्नका लागि जापान सरकारले ३२ करोड बराबरको चामल सहयोग गरेको छ । जवकी धानको उत्पादन बृद्धि गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत नेपाल सरकारले धानको सुपरजोन नै सञ्चालन गरी करोडौं रुपैयाँ लगानी गरिरहेको छ ।
तर पनि दुर्गम जिल्लामा खाद्य अभाव हुन नदिने भन्दै चालम समेत अनुदानमा लिनु कति उपयुक्त होला । कृषि विकास मन्त्रालयका उच्च अधिकारी जापान सरकारले खाद्य संकट टार्नका लागि धान अनुदान लिईरहँदा पनि नतमस्तक भएर बसिरहेका छन् ।
खाद्य उत्पादन समस्या रहेको हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायत हिमाली जिल्लाका गरीव जनताको लागि लागि जापान सरकारले सहयोग गरेको भन्दै खाद्य संस्थानका महाप्रवन्धक योगेन्द्र गौचन दङ्ग छन् । के नेपालका जनतालाई चामलका लागि जापानले सहयोग गर्नु पर्ने अवस्था आईसकेको हो ? होइन भने दुई वर्षदेखि करोडौं रुपैयाँ खर्च गरेर कृषि विकास मन्त्रालयले धानको सुपरजोन स्थापना गरी आधुनिकी प्रविधि समेत प्रयोग गरेर कति धानको उत्पादन बृद्धि गर्न सक्यो छानविन गर्नु पर्ने भएको छ ।
चामल समेत विदेशी अनुदानमा उपलब्ध गराउनु पर्ने अवस्था आउँदा सरोकारवाला मन्त्रालयका मन्त्री लगायतका उच्च अधिकारीहरुलाई लज्जाबोध हुनु पर्ने थियो । तर त्यसो हुन सकेको छैन । कृषि प्रधान देश भन्ने अनि चामल प्राप्तिका लागि अनुदानका लागि हात फैलाउने अवस्था आउनुलाई कसरी बुझ्ने होला ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५