बिहिबार, बैशाख ६, २०८१

नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाईने

झापा, वैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका आयोजना निर्देशक अच्चुतप्रसाद ढकालले मुलुकलाई केही वर्षभित्रमा नै खाद्यान्नमा आत्मनिर्भर बनाईने बताएका छन् । झापाको पथरियामा पोस्ट हार्भेस्ट (बाली उत्पादनपछिको काम) भवनको गत शुक्रबार शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । achut-dhakal
सो अवसरमा आफ्नो भनाई राख्दै आयोजना निर्देशक ढकालले स्वदेशी पुँजी र सीपबाट तयार गरिएको सो अवधारणाबाट सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि क्षेत्रको विकास लागि महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।
कृषि उपज उत्पादन गरेपनि उत्पादनपछि गर्ने सुरक्षित कृषि कर्मलाई आधुनिकीकरण गर्न नसक्दा कृषि उपजहरु ब्ढी नष्ट हुने गरेकाले अव त्यसो नहुने उनले बताए । सिलान्यास गरिएको भवनले उत्पादनपछि गरिने सबै कार्यका लागि प्रभावकारी हुने समेत उनले बताए । सो भवनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रु ५० लाख तथा साना किसान सहकारी संस्था लि कचनकल गाउ“पालिका–२ ले एक बिघा तीन कठ्ठाजग्गा उपलब्ध गराएका छन् ।
यस्तै पोस्ट हार्भेस्ट अमरावती कृषि सहकारी संस्थामा पनि निर्माण हुने छ । कार्यक्रममा सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले कृषिसँगै सि“चाइ पनि अघि बढ्ने जानकारी दिएका थिए ।
सुपरजोन कार्यालय प्रमुख मेघनाथ तिमल्सेनाले धानका लागि झापाका दक्षिणी क्षेत्र कचनकवल गाउ“पालिकामा जोडिएका छ वटा गाविसमा एक हजार हेक्टर जग्गामा सुपरजोन घोषित भएअनुसार परियोजनाले धानका क्षेत्रमा निकै उत्साहजनक कार्यमा कृषकको सहभागिता बढिरहेको बताएका छन् । सो अवसरमा सुपरजोनबाट प्रदान गरिएको खेत जोत्ने दुई थान पावर टेलर पनि सहकारीलाई हस्तान्तरण गरिएको थियो । प्रयोगशालाका निम्ति परियोजनाले रु ३३ लाख उपलब्ध गराएको छ । सानो सि“चाइ आयोजनाबाट प्रदान गरिएको बोरिङमा रु ६० हजार लागत लागेको छ । यस्तै ३० बोरिङ किसानको खेतमा गाडिने छ ।
यसैगरी कचनकवल गाउ“पालिका अन्तर्गत पथरियामा छ बिघा खेत भाडामा लिएर सुरु गरिएको बीउ उत्पादनका लागि लगाइएको धानखेतको परियोजनाका निर्देशक ढकालले निरीक्षण एवम् अवलोकन (समेत गरेका थिए । एफ वन नामक बीउ उत्पादन हुने र सो बीउबाट एक हेक्टर जग्गामा नौ मेट्रिक टन धान फल्ने बताइएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख २५, २०७४