शुक्रबार, बैशाख ७, २०८१

नेपालमा पीपीआर रोग उन्मूलन प्रमुख चुनौती : मन्त्री मानवी

भक्तपुर, २९ चैत्र । पशुपन्छी विकास मन्त्री शान्ता मानवीले भेडा बाख्रामा लाग्ने गरेको पिपिआर रोग पशुपालन क्षेत्रको प्रमुख चुनौती भएको बताएकी छिन् । पिपिआर रोग न्यूनिरकरणका लागि सार्क स्तरीय रणनीति तयार गर्न काठमाडौंमा शुरु भएको सम्मेलनलाई सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुने ।
सो सम्मेलनलाई सम्वोधन गदै पशुपन्छी विकास मन्त्रालय सहसचिव डा. विजयकान्त झाले गरिवीको रेखा मुनि रहेका जनताहरुको जिविकोपार्जनको प्रखुको श्रोत नै पशुपालन रहेकोले पिपिआर रोग न्यूनिकरण गर्नका लागि सार्क राष्ट्रका सदस्यहरु वीच हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा पशु सेवा विभाग महानिर्देशक डा. केशवप्रसाद प्रेमीले खाद्य तथा पोषण सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेलको पशु सेवामा भेडा बाख्रामा लाग्ने पीपीआर अन्त्य गर्नका लागि पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभाग प्रतिवद्ध भएर लागेको बताए ।
कार्यक्रममा एफएओका सामसाक पिपोपिन्यो, आईओई प्रतिनिधि डा. नाडेज लेवोक लगायतले पिपिआर रोग अन्त्य गर्नका लागि साझा एजेण्डा बनाएर हिड्नु पर्ने बताए ।
सार्क राष्ट्रमा श्रीलंका बाहेका सवै देशमा पिपिआर रोगको प्रकोप देखिएको छ ।
सार्क राष्ट्रका पशु सेवामा कार्यरत नीतिगत तहका कार्यरत सरकारी उच्च अधिकारीहरुले सो रणनीति तयार गरी सन् २०३० सम्ममा सार्क राष्ट्रबाट पशु बस्तुमा लाग्ने पीपी आर अन्तय गर्नका लागि यो सम्मेलन शुरु गरिएको हो । विगत केही बर्षदेखि पिपिआरले श्रीलंका बाहेकका देशहरुमा प्रकोप बढेपछि सार्क स्तरीय पहिलो बैठक नेपालमा दुई दिन सम्म चल्ने छ ।
सार्क स्तरमा पहिलो पटक भएको सो सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तानसार्क राष्ट्रहरुका पशु चिकित्सा क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २९, २०७२