शनिबार, बैशाख ८, २०८१

नेपालमा किवीफल खेति सफल पार्न तत्काल चाल्नु पर्ने कदमहरु

नेपालको सन्दर्भमा किवीफल एक नयाँ फलफूलवाली हो । नेपालको उच्च पहाडी क्षेत्रको हावापानी किवीफल खेतिको लागी उपयुक्त भएकोले कृषकहरुमा यो फल लगाउने लहर तिव्ररुपमा विकास हुदै गएको छ । यो फल महगोमा विक्रीहुने हुनाले अन्य वालीमा भन्दा वढी आर्थिक फाईदा हुने, पोषिलो र औषधीय गुण समेत भएकोले र राम्रो रोजगारीको अवसर भएकोले कृषकहरु यस खेतिप्रति आकर्षित भएका हुन् ।kibi

किवीफल अन्य फलफूल खेति जस्तै दिर्घकालिन कृषि व्यवशाय हो । शुरुका वर्षहरुमा धेरै लगानी आवस्यक पर्ने भएपनि उपयुक्त प्रविधि पुगेमा ६—७ वर्ष पछि राम्रै आम्दानी दिन शुरु गर्दछ । हाल नेपालमा नगन्य मात्रामा किवीफलको उत्पादन शुरु भएको छ र गुणस्तरिय फल उत्पादन हुन सकेको छैन । जेजस्तो भएपनि नेपालमा उत्पादन भएको किवीफल रु.२०० देखि ४०० सम्ममा विक्री भएको छ । यो मूल्य कृषकहरुलको लागी निकै फाईदाजनक हो । विदेशवाट आयत गरिएको किवीफलको मूल्य रु.४०० देखि ७०० सम्म रहेको छ । यसरी मूल्य धेरै हुनाको कारण उत्पादन तथा आपूर्ति कमी भएकोले हो । यसको उत्पादन क्षमता र वजार मूल्य हेर्दा यो व्यवशायले नेपाली कृषकहरुको राम्रो आर्थिक उन्नती हुने देखिन्छ । वजारमुखी जातको विरुवावाट मात्र गुणस्तरिय फल उत्पादन गर्न संभव छ र गुणस्तरिय फल भएमा मात्र किवीफल व्यवशायले दिगोपन पाउने छ साथै किसान लाभान्वित हुनेछन् । हाल काठमाण्डौको सुपरमार्केटमा विदेशवाट आयात गरिएको किवीफल विक्री भई रहेको छ । नेपालमा उत्पादन भएको किवीफलको गुणस्तरको कमीको कारण सुपरमार्केटमा विक्री हुन सकेको छैन । तसर्थ आयात प्रतिस्थापन गर्न सक्ने गुणस्तरको फल उत्पादन गर्न सकेमा मात्र नेपालको किवीफल विदेश निर्यात गर्न लायक हुनेछ ।गुणस्तरिय फल उत्पादन गर्न नर्सरीहरुले गुणस्तरिय वजारमुखी जातको विरुवा उत्पादन गर्न सजग गराउनु जरुरी भएको छ । शुरुको अवस्था भएकोले व्यवशायिक खेति गर्ने कृषकहरुले कुन जात लगाउने भन्ने जानकारी छैन त्यस्तै नर्सरीधनिहरुले कुन जातको विरुवाको संख्या वढाउने भन्ने ज्ञानको अभाव छ भने राम्रो जातको माउवोट तथा सायनको पनि अभाव छ । अर्कोतर्फ विरुवा माग वमोजि उत्पादन भएको छैन । तसर्थ नेपालमा किवी व्यवशाय सफल वनाउनको लागी प्राविधिक रुपमा उपयुक्त समयमा किवी नर्सरीधनिहरु र कृषकहरुलाई सहिमार्ग देखाउनु जरुरीभएको छ ।
नेपालमा किवीफलको विरुवा वैदेशिक संस्थाहरुको सकृयताले भित्रिएको एक अध्यायनले देखाएको छ । यसरी किवीफलको विरुवा नेपालमा भित्रीनुमा JOCV/JICA, SDC / ICIMOD संस्थहरुको महत्वपूर्ण भूमिका रहेको छ । यी संस्थाहरुले विदेशवाट ल्याएको किवीफलको विभिन्न जातको विरुवाहरु कृषकहरुको वारी तथा सरकारी फार्महरुमा परिक्षण उत्पादन भैरहेको छ । यसरी भित्रिएका जातहरुमा हेवार्ड, अलिसन, एव्वोट, मन्टी, व्रुनो आदी नाम गरेका जातहरु पाईएको छ र नर्सरीहरुमा यी सवै जातहरुको मिश्रीत विरुवा तयार गरि विक्री भैरहेको पाईएको छ । यी सवैजातहरुले राम्रो उत्पादन दिएको छ । अगौटे जातको रेडकिवी ईलाम तथा काभ्रे जिल्लामा राम्रो उत्पादन दिएको छ र विरुवा उत्पादन कार्य पनि शुरु भएको छ । नेपालको हावापानीमा किवीफल मङ्सिर महिनामा टिपिन्छ तर अगौटे जातको रेड किवी भाद्र,असोज महिनामा टिप्न तयार हुन्छ । असोज कात्तिक महिनामा दशै तिहार जस्तो ठुलो पर्व पर्ने भएकोले महगोमा विक्री गर्न सकिने हुदा धेरै आर्थिक फाईदा लिन सकिन्छ ।
ठुलो लगानीमा किवीफलको व्यवशाय गर्नुहुने कृषकहरु होस गर्नुहोस माथि उल्लेख गरिएका सवैजातहरु वजारमुखी छैनन् । संसारभर वजारमा विक्रीहुने जात हेवार्ड हो भने अन्य जातहरु अन्य प्रशोधित उत्पादन जस्तै जुस तथा वाईन वनाउन प्रयोग हुन्छ । व्रुनो जातवाट रुटस्टक विरुवा वनाउन राम्रो मानिन्छ । विरुवाको माग ज्यादै वढेकोले निजी नर्सरीहरुको संख्या र विरुवा उत्पादन पनि ह्वात्तै वढेको छ र यो क्रम अझै केहि वर्ष वढ्ने स्थिति देखिन्छ । करेसावारीको रुपमा तथा व्यवशायिक रुपमा लगाउने कृषकहरुवाट विरुवाको माग पनि निकै वढेको छ । विरुवाको अभाव भएको र महगो मूल्यमा विक्री हुने हुनाले नयाँ नर्सरी स्थापना गर्ने र किवीफलको विरुवा धेरै उत्पादन गर्ने होडको अवस्था सृजना भएको छ । तलको टेवलमा नेपालमा किवी विरुवाको उत्पादन प्रवृत्ती देखाईएको छ । शुरुका वर्षहरुमा मन्दगतिमा भएको वृद्धि स्थिति यसवर्ष देखि तिव्ररुपमा वृद्धि ९क्जबचउथि च्ष्कभ०भएको देखिन्छ र यो क्रम अझै वढ्ने संभावना छ । हाल सम्म उत्पादन भएको विरुवाले अनुमानित २५० हेक्टर क्षेत्रफल ओगटेको रेकर्डले देखाउछ ।आगामी२०७१ सालको लागी देशभर अनुमानित १ लाख विरुवा कलमी भैरहेको छ र उत्पादन हुने क्रममा छ । यी विरुवा विक्री भएपछि आगामी वर्ष मात्रै ३०० हेक्टर क्षेत्रफल नयाँ वगान थप हुनेछ । गुणस्तर विनाको विरुवाले धेरै क्षेत्रफल ढाक्दै गएमा वजार समस्या आउने निश्चित छ । हाल विग्री हालेको अवस्था नभए पनि किवीफल व्यवशायको भविष्य संकटपूर्ण अवस्था तर्फ उन्मूख भएको छ र यसलाई क्रमैसंग सुधार गरि सहिमार्गमा ल्याउन जरुरी भएको छ । – चन्द्र मान श्रेष्ठ, वरिष्ठ, वागवानी विकास अधिकृत,,

प्रकाशित मिति: शनिबार, बैशाख ६, २०७१