शुक्रबार, चैत्र १६, २०८०

नीति तथा कार्यक्रमका कृषि कार्यक्रम कार्यान्वयन हुनेमा शंका

काठमाडौँ, जेठ । आगामी आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि ल्याइएका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन राष्ट्रिय सभाका सांसदहरुले जोड दिएका छन्
राष्ट्रिय सभाको छलफलमा आफ्नो भनाई राख्ने क्रममा सांस रमेशप्रसाद यादवले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणबाट दिगो कृषि विकास हुने बताउँदै सरकारले विगतमा भन्दा फरक ढंगलक कृषिका कार्यक्रम कार्यान्वमा ल्याउनु पर्ने बताएका छन् ।
त्यस्तै सांसद नरपत्नी लुहारले नीति तथा कार्यक्रमले सामूहिक, करार र सहकारी खेतीको अवधारणा ल्याएको भएपनि विगतमा ल्ययाईएका कार्यक्रममा कार्यान्वयनमा आउन नसकेका कारण आगामी आर्थिक वर्षका लागि ल्याइएको कार्यक्रम पनि त्यस्तै हुन सक्ने भएकाले कार्यक्रम कार्यान्वन हुनेमा शंका गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १२, २०७५