मङ्लबार, चैत्र ६, २०८०

निम्वसको शक्ति फिड दानाले गाईबस्तु सिकिस्त

चितवन, जेठ । निम्वस होल्डिङ्ग प्रालिले उत्पादन तथा विक्री वितरण गर्दै आईरहेका शक्ति फिड दानाका कारण चितवनका किसानहरु मारका परेका छन् । आफूलाई अव्वल दर्जाको दाना उद्योगका रुपमा स्थापित गर्दै आईरहेको निम्वसले उत्पादन र विक्री वितरण गरेको दाना खाएका गाईबस्तु विरामी हुन थालेपछि किसानहरु आक्रोशित बनेका हुन् ।
गत वर्षपनि निम्वसको दाना प्रयोग गरी पालिएका गाई विरामी भएपछि निम्वसका विरुद्ध किसानहरुले जुलुश नै निकालेका थिए । निम्वसले किसानहरुलाई शक्ति फिड दान प्रयोग गर्दा गाईको दूध बढ्ने भन्दै अन्य कम्पनीको दाना भन्दा शक्ति फिड नै उत्कृष्ट भएको बताउँदै आईरहेको थियो ।
किसानहरुले पनि निम्वसको फोस्रो आश्वासनमा परी शक्ति फिड दाना प्रयोग गर्न थाले । शक्ति फिड दाना प्रयोग गरी गाईबस्तु पालन गर्दा दूध तत्कालका लागि बढेको किसानहरुले बताए । तर दूध बढ्नुको कारण खोतल्दै पशु विज्ञसम्म पुगेका किसानहरुले निम्वसको कर्तुत त्यसपछि मात्र थाहा पाए कि निम्वसको दानामा युरिया मल प्रयोग गरिएका कारण तत्काल दूध बढ्न तर गाइबस्तु रोगी हुने बताएका थिए ।
निम्वसको शक्ति फिड दानाका कारण किसानहरुका गाई बस्तु विरामी परेको विषयमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेल धेरै किसानहरुको गाई विरामी भएको विषयमा दानामा युरिया मिसाएका कारण समस्या रहेका बताए । उनले निम्वसले दाना उत्पादनका बेला गाई बस्तुको दूध धेरै हुनका लागि युरिया मल मिसावट गर्ने गरेका कारणले त्यही युरिया मिसाएको शक्ति दाना ख्वाएका किसानहरुको गाई विरामी परेको उनले जानकारी दिए
किसानहरु अहिले मारमा परेका छन् । हामीले निम्वसलाई सो बारे जानकारी गराएका छौं यदि शक्ति दाना कम्पनी निम्वसले अटेर गरेर किसान मारा सोच पालिरहेमा चितवनमा निम्वसको कुनै पनि उत्पादन विक्री वितरण गर्न नदिने गरी आन्दोलन गर्ने पनि बताए ।
त्यस्तै निम्वसको दाना प्रयोग गर्दै आईरहेका चितवनका किसान डिलाराम कँडेलले दुध धेरै दियो भनेर निम्वसको दाना प्रयोग गरेको बताउँदै दानाले गाईमा दिर्घकालिन रोग निम्त्याएको र दुई वटा गाई विरामी रहेको समेत बताए । उनले किसानलाई दूध धेरै आउँछ भन्दै युरिया मिसाएको दाना विक्रीगर्दै आईरहेको निम्वसलाई कार्वाही गरी किसानहरुको गाई विरामी छन् त्यसको क्षतिपूर्ति दिनु पर्ने समेत बताए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २६, २०७५