मङ्लबार, चैत्र ६, २०८०

निजी डेरीलाई तर्साउँदै कृषि मन्त्री चक्रपाणी खनाल

काठमाडौं, जेठ । माओवादी जनयुद्ध शान्ति प्रक्रियामा आएको करीव १२ वर्ष वित्न लाग्दा युद्ध लडेर आएका मन्त्रीहरुमा भने युद्धको धङ्गधङ्गती वाँकी रहेको देखिन्छ । हिजो राज्य सत्ता विरुद्ध भन्दै जनतामारा प्रबृत्ति रोक्नका लागि जनसरकार समेत गठन गरेर कार्वाही गर्दै हिडेका व्यक्तिहरु अहिले निजी क्षेत्रलाई तर्साउँदै हिड्न थालेको पीडितहरुको आरोप छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालका पछिल्ला क्रियाकपालले त्यसलाई पुष्टि गर्दै गईरहेको आरोप लगाउन थालिएको छ । कालीमाटी तरकारी बजारमा गरिएको अनुगमन होस् वा सोमबार डेरी उद्योगहरुमा गरिएको अनुगमन नै किन नहोस् तिनै विषयलाई लिएर अहिले सरोकारवालाहरुले कृषि मन्त्रीमा युद्ध वासना अझै रहेको बताएका छन् ।
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको मनमरी तन्त्र र गुणस्तहीन दूध उपभोक्ताहरुलाई विक्री वितरण गरिरहँदा पनि सुधार गर्नुको सट्टा त्यसलाई प्राथमिकता दिंदै दुग्ध विकास संस्थान डुवाउनेहरुकै लहैलहैमा कृषि मन्त्री खनालले निजी डेरीहरुलाई आतंक मच्चाउँन थालेको डेरी सञ्चालकहरुको आरोप छ ।
दुग्ध विकास संस्थानले विक्री गर्दै आईरहेको दूधमा कोलिफार्म देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै पुष्टि गरिसकेको परिप्रेक्ष्यमा त्यसलाई गलत सावित गराउन मन्त्री खनाल लागेका छन् । सोमबार उनले दुग्ध संस्थानको आयोजना स्थित कार्यालय अनुगमन गरे जस्तै गरे । उनी जानु पूर्व अनुगमन गर्न पत्रकारहरुको टोली सहित आउन लागेकोले मापदण्ड बमोजिमको सफाई तथा उत्पादनमा ध्यान दिने पहिले नै निर्देशन दिएर अनुगनमन पुगेका थिए ।
त्यस पश्चात निजी क्षेत्रका डेरी उद्योगलाई आतंकित तुल्याउने किमिसले गुणस्तर नभएको, मापदण्ड पुरा नगरेको भन्दै मन्त्री खनालले सिलवन्दी समेत गर्न लगाएका छन् । दुग्ध विकास संस्थानमा कोलिफार्म पुष्टि गर्ने खाद्य प्रविधि गुण नियन्त्रण विभागले फेरि सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई मन्त्रीको निर्देशनमा चोख्याउने प्रयास गर्नुलाई के भन्ने ?
मागको ७० प्रतिशत दूधको आपूर्ति गर्दै आईरहेको निजी डेरी क्षेत्रलाई कृषि मन्त्रीकै अगुवाईमा आतंकित तुल्याउनु उचित हो त? तीन खम्वे नीतिका कुरा गर्ने अनि निजी क्षेत्रलाई आतंकित बनाउने कार्य मन्त्री खनालको ५८ बुँदे रणनीतिमा त थिएन त ? तर पनि मन्त्रीको क्रियाकलाप्रति निजी क्षेत्रहरुले आक्रोश व्यक्त गर्न थालेका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २९, २०७५