बिहिबार, चैत्र १५, २०८०

नश्ल सुधा गर्न बोयर बाख्रा

म्याग्दी, जेठ । बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याएका छन् ।
विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्ने उद्देश्यले अष्टे«लियाबाट दुईवटा पाठी र दुईवटा बोयर जातका बोका ल्याएको बताए ।
“बोयर जातका बाख्रा खरिद गर्न रु नौ लाख खर्च भएको छ,” उनले भने । थोरै समयमा धेरै तौल बढ्ने उक्त जातको बाख्रापालनका लागि ल्याइएका बोका र पाठीबाट शुद्ध बोयर बाख्रा उत्पादन गरिनेछ । उनले यसअघि धार्के र सुर्खेतबाट ल्याइएका बोयरबाट स्थानीय जातमा क्रस गरी नश्ल सुधार गर्दै आएको समेत बताए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २८, २०७५