शनिबार, बैशाख ८, २०८१

नवलपरासीमा दोस्रो कृषि महोत्सव शुरु

नवलपरासी, १५ फागुन । विगतका बर्षहरुमा प्रशस्त जिल्ला महोत्सवहरु हुने गरेकोमा पछिल्ला समयमा मुलुकभर धमाधम कृषि महोत्सव हुन थालेका छन् । जिल्लामा भएका कृषि उत्पादनलाई प्रचार प्रसार गर्ने उदेश्यले नवलपरासीमा आजबाट दोस्रो कृषि महोत्सव सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयको सहआयोजनामा कृषि गरिएको दोस्रो कृषि मेलाको आयोजना भने कृषक हकहित संरक्षण मञ्च नवलपराीले गरेको हो । krishilogo

कृषि महोत्सवमा विशेषगरी कृषि उपजका वस्तु साथै फलफूललाई मुख्य आकर्षणका रूपमा राखिएको छ ।
महोत्सवमा च्याउ, आलु, गोभी, प्याज, फर्सी, लौका, घ्यूकुमारी, मुला, सिमी, बकुला, धनिया, केराउ, मसुरो, सलगम, केरा, अम्बा गहँु, तोरी, निबुवा, साग, रहरसहित विभिन्न जातका बिरुवालागायतका वस्तु प्रदर्शनमा राखिएको छ ।
जिल्लाका विभिन्न ठाउँबाट उत्पादित कृषि उपजका दुई दर्जन वस्तुलाई यस महोत्सवमा समावेश गराइएको छ । तराई क्षेत्रमा बसोबास गर्ने कृषकलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्न महोत्सवको आयोजना गरिएको कृषक हकहित संरक्षण मञ्चले कृषि अनलाईनलाई जानकारी दिएको छ । महोत्सवमा सो उपज वस्तुको राम्रो उत्पादन गर्ने तरिकासमेत किसानहरुलाई परामर्श गर्ने व्यवस्था रहेको महोत्सवको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७०