शुक्रबार, चैत्र १६, २०८०

नमूना कृषक बन्ने धुनमा राई

मोरङ, २५ पुस । मोरङमा पहिलो पटक भुँई स्याउ अर्थात (ग्राउण्ड एप्पल) को व्यावसायिक खेती शुरु भएको छ । मोरङमा पहिलोपटक पाँच रोपनी जग्गामा परीक्षणको रुपमा खेती शुरु गर्नुभएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र रु ७० हजारको भुँई स्याउ बेच्नुभयो । घरमै खरिद गर्न पुगेकालाई प्रतिकेजी रु ७० का दरले बिक्री गरेको बताउँदै राईले भन्नुभयो, “तराईका बजारमा पु¥याउँदा प्रतिकेजी रु २०० सम्ममा बिक्री भयो । भुँई स्याउको माग बढेपछि उहाँले यो वर्ष १० रोपनीमा बाली लगाउनु भएको छ ।
राईकी पत्नी बीना खजुमले भन्नुभयो, “भुँई स्याउलाई मल पु¥याउन गाह्रो भयो । सडक विकट छ, गोबर मलले मात्र उत्पादन लिन समस्या भयो, रासायनिक मल गाउँसम्म पु¥याउन सकिएन, त्यसैले सोचे जति उत्पादन लिन सकिएन ।”
प्रतिबोट १० देखि १५ केजीसम्म उत्पादन हुने भुँई स्याउ मधुमेह र उच्च रक्तचापका रोगीका लागि उपयोगी हुने बताइन्छ । नारायण राई यतिबेला दुई चार पैसा कमाउने ध्याउन्नमा मात्र हुनुहुन्न । गाउँ, जिल्ला र राष्ट्रका लागि कृषि उद्यम गरेर नमूना बन्ने सपना बुनिरहनुभएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको खोर्सानेबाट १७ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय क्षेत्र जेफालेको काखमा राईले कृषि व्यवसायबाटै ५० जनाभन्दा बढीलाई रोजगार दिनुभएको छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २५, २०७४