बिहिबार, बैशाख १३, २०८१

धेरै विवादका वीच मन्त्रिपरिषद्ले गर्यो निर्णय नार्कको कार्यकारी निर्देशकमा यमराज पाण्डे

yam rajकाठमाडौं, १५ फागुन । लामो समयको पर्खाइपछि अन्ततः मन्त्रिपरिषद्को विहीबार बसेको वैठकले कृषि विकास मन्त्रालय मातहत रहेको नेपाल कृषि अनुसन्धान परिषदेको रिक्त कार्यकारी निर्देशक पदमा यमराज पाण्डेलाई नियुक्ति गरेको छ । करीव दुई महिना अगाडि नार्कका कार्यकारी निर्देशक डा.दिलबहादुर गुरुङ्गले राजीनामा दिएपछि नार्कको कार्यकारी निर्देशक पद रिक्त भएको थियो । सो पश्चात नार्क निमित्त कै नेतृत्वमा चलिरहेको थियो । नार्कको कार्यकारी निर्देशक नियुक्तिका लागि गरिएको आव्हानमा १३ जनाले दरर्खास्त पेश गरेको भएपनि भिजन पेपर प्रस्तुतिका लागि ५ जना मात्र छनौटमा परेका थिए । छनौट भएकाहरुमा डा.ईश्वर प्रसाद गौतम एस–४, डा बैद्यनाथ महतो एस–५, डा.मिननाथ पौडेल एस –४, डा. यमराज पाण्डे एस– ४ र डा यज्ञ गजाधर खड्का एस–५ थिए । यद्यपी पाँचै जनाले भिजन पेपर प्रस्तुती एवं अन्य आवश्यक मापदण्डका आधारमा नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक सिफारिस समितिले क्रमश ः यमराज पाण्डे, मिननाथ पौडेल र बैधनाथ महतोलाई सिफारिस गरेको थियो । सोही आधारमा अघिल्ला मन्त्रीपरिषद्को वैठकमा कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर मन्त्रिपरिषद्मा विवाद भएपछि निर्णय हुन सकेको थिएन । यद्यपी विगतमा पटक पटक भएका विवादहरुलाई चिर्दै फागुन १४ गते बसेको मन्त्रीपरिषद्को वैठकले डा. यमराज पाण्डेलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरेको छ । कृषि क्षेत्रको विकास र परिवर्तनका लागि महत्वपूर्ण मानिएको र २ अर्व भन्दा बढी बजेट भएको कृषि अनुसन्धान परिषद् कुन रुपमा अगाडि बढ्ने छ हेर्न वाँकी नै छ । –  योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १५, २०७१