शनिबार, बैशाख ८, २०८१

धान उत्पादनमा वृद्धि

कास्की, १३ मंसिर । कास्कीमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । अनुकूल मौसम र समयमै रासायनिक मल उपलब्ध भएकाले यस वर्ष धान उत्पादन ५ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए ।

यो वर्ष जिल्लामा ८४ हजार ६ सय ६२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ८० हजार ५ सय ८३ मेट्रिक टन धान उत्पादन भएको वस्ताकोटीले बताए । जिल्लामा यस वर्ष २६ हजार ५० हेक्टरमा धान खेती गरिएको थियो । बाह्रै महिना सिञ्चित हुने चापाकोट, कास्कीकोट, सराङकोट, अर्मला, आर्वा, लेखनाथ र हेम्जामा १० तथा जिल्लाका अन्य ठाउँमा २ देखि ३ प्रतिशत धान उत्पादनमा वृद्धि भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४