शनिबार, बैशाख ८, २०८१

धान उत्पादनमा वृद्धि

बाँके, ९ माघ । वाँके जिल्लामा यसवर्ष गतवर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको छ ।
जिल्ला कृषि विकास कार्यालयकाअनाुसार गत वर्ष ३६ हजार ५०० हेक्टरमा धानखेती गर्दा एक लाख ३६ हजार १४५ मेट्रिक टन उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा एक लाख ३६ हजार २९८ मेट्रिक टन धान उत्पादन भएको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी धनबहादुर पुनका अनुसार जिल्लामा राधा–४ धान (मोटो) र रामधान (मसिनो) को खेती बढी मात्रामा गरिन्छ । यस बाहेक हाइब्रेड धान, श्यामा मन्सुली धान, काला नमकलगायत जातको धानखेती गरिन्छ ।

प्रकाशित मिति: मङ्लबार, माघ ९, २०७४