शुक्रबार, चैत्र १६, २०८०

धान उत्पादनमा कमी

विराटनगर, ५ पुस । मोरङमा गत वर्षको तुलनामा धानबालीको रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्ष ७८ हजार हेक्टर जग्गामा धानखेती गरिएकोमा तीन लाख ५८ हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ७४ हजार ८८० हेक्टरमा रोपाइँ हुँदा तीन लाख ५१ हजार ९३६ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादवले बताए ।
धानबाली रोपाइँको समयमा वर्षा नहुँदा किसान चार प्रतिशत जग्गामा रोपाइँ गर्न नपाएका कारण दुई प्रतिशत उत्पादनमा कमी आएको हो । खेतमा बाढीका कारण पानी लामो समयसम्म बग्न नपाउँदा सो खेतको धानबाली गल्नुका साथै कीराको प्रकोप देखिनुका साथै कतिपय बालीमा दाना पनि नलागेको कार्यालय प्रमुख यादवले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ५, २०७४