शुक्रबार, चैत्र १६, २०८०

धानको मूल्य नतोक्दा किसान मारमा

वाँके २४, कार्तिक । विगतका बर्ष जस्तै यस वर्ष पनि धानको मूल्य तोक्न सरकारले ढिलाई गरेका कारण धानको मुख्य उत्पादन स्थलका रुपमा चिनिएको बाँके तथा बर्दियाका धान उत्पादनमा संलग्न किसानहरु मारमा परेका छन् । rice_484240f
उनीहरुले सरकारले न्यूनतम मूल्य नतोकिदिँदा व्यापारीहरुले दिएको सस्तो मूल्यमा चित्त बुझाउनु परेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको धानको मूल्य निर्धारण समितिले धानको समर्थन मूल्य कायम गर्नु पर्नेमा केन्द्रको लापरवाही, मूल्य निर्धारण समितिको वेवास्ता र खाद्य संस्थानको हेलचक्र्याईले स्थानीय किसानहरु व्यवसायीहरुबाट ठगिएका छन् ।
यस अघि खाद्य संस्थानले पनि धानको खरिद मूल्य तोक्दै आएकोमा गत वर्षदेखि मंसिरमा मात्र मूल्य तोक्ने गरेकोले व्यापारीहरुलाई फाइदा र किसानहरु घाटामा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४