शुक्रबार, बैशाख ७, २०८१

धानको मूल्य तोकियो

नेपालगञ्ज, १३ मंसिर । किसानको पटक पटकको मागपछि वाँकेमा मोटो धानको मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको धानको मूल्य धारण समितिले खरिद मूल्य निर्धारण गरेको हो ।
समितिको मंगलबार बसेको वैठकले मोटो धान प्रतिक्विटल २ हजार ३० रुपैयाँ खरिद गर्ने गरी मूल्य निर्धारण गरेको नेपाल खाद्य संस्थान नेपालगञ्जस्थित अञ्चल कार्यालयका निमित्त प्रमुख पूर्णप्रसाद दाहालले बताए ।
सो मूल्यमा तौलाईको मूल्य पनि समावेश गरिएको र तौलाई वापत किसानले छुट्टै रकम तिर्नु नपर्ने उनले जानकारी दिए । केही प्राविधिक कारणले मूल्य निर्धारण ढिलाई भएपनि मूल्य निर्धारण गरिएपछि किसानलाई विक्रीमा सहज हुन बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०७४