बुधबार, बैशाख १२, २०८१

दोस्रो कृषि महोत्सव २०७०

परासी, १५ फागुन । नवलपरासीको पाल्हीमा आजबाट दोस्रो कृषि महोत्सव सुरु भएको छ । कृषक हकहित संरक्षण मञ्च नवलपरासीको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको सहआयोजनामा कृषि मेला गरिएको आयोजक कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताउनुभयो । महोत्सवमा विशेषगरी कृषि उपजका वस्तु साथै फलफूललाई मुख्य आकर्षणका रूपमा राखिएको छ । महोत्सवमा च्याउ, आलु, गोभी, प्याज, फर्सी, लौका, घ्यूकुमारी, मुला, सिमी, बकुला, धनिया, केराउ, मसुरो, सलगम, केरा, अम्बा गहँु, तोरी, निबुवा, साग, रहरसहित विभिन्न जातका बिरुवालागायतका वस्तु प्रदर्शनमा राखिएको छ । जिल्लाका विभिन्न ठाउँबाट उत्पादित कृषि उपजका दुई दर्जन वस्तुलाई यस महोत्सवमा समावेश गराइएको छ । तराई क्षेत्रमा बसोबास गर्ने कृषकलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्न महोत्सवको आयोजना गरिएको कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष उपाध्यायले बताउनुभयो । महोत्सवमा सो उपज वस्तुको राम्रो उत्पादन गर्ने तरिकासमेत यहाँका कृषकलाई परामर्श गर्ने समक्षसमेतको व्यवस्था रहेको महोत्सवको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १५, २०७०