मङ्लबार, बैशाख ११, २०८१

देउवाको नेतृत्वको सरकारमा को बन्ला कृषि मन्त्री ?

काठमाडौं, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि यतिखेर प्रधानमन्त्रीkrihhi mantri future शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सुरसारमा लागिरहेका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसले नौ नौ महिना सरकार हाँक्ने सहमति बमोजिम पुष्पकमल दाहालले प्रधानमन्त्री पद छाडेर नेपाली कांग्रेसलाई सत्ता सुम्पेका हुन् । तर यी दुई दल मिलेर पालै पालो देश हाँक्ने कुरा कहिलेसम्म होला ? त्यो आफ्नै कुरा होला तर अव कांग्रेसको नेतृत्वमा बन्ने सरकारका पनि नेपाली कांग्रेसले कृषि विकास मन्त्रालय वा पशुपन्छी विकास मन्त्रालय रोज्ने छाँटकाँट भने देखाएको छैन ।
सरकार परिवर्तनसँगै हरेक मन्त्रालयका उच्च अधिकारीहरुलाई मन्त्री को बन्ला र सचिव परिवर्तन होला कि नहोला भन्ने चिन्ताले सताउने गरेको देखिन्छ । यस्तै अवस्थाका कृषि विकास मन्त्रालय पनि रहेको छ । नयाँ बन्ने सरकारमा कृषि मन्त्रालय कुन दलले पाउने हो र कृषि मन्त्री को बन्लान् भन्ने कुराको चासो मन्त्रालयमा देखिएको छ ।
विगतदेखि नै कृषि विकास मन्त्रालय मन पराईरहेको सत्ता साझेदार दल माओवादी केन्द्रले नै देउवाको नेतृत्वको सरकारमा पनि कृषि विकास मन्त्रालयले रोजेको छ । कृषि विकास मन्त्रालय रोज्नुको पछाडि धेरै कारणहरु छन् । तर पनि कृषि विकास मन्त्रालय माओवादी केन्द्रले रोज्नु नै वर्तमान अवस्थामा ठूलो कुरा देखिएको छ ।
माओवादी केन्द्रले कृषि विकास मन्त्रालय पाउने निश्चित देखिएपछि कृषि मन्त्री बन्ने माओवादी नेताहरुको तीव्र इच्छा पनि देखिएको छ । पुन कृषि मन्त्री बन्नका लागि माओवादी केन्द्रका कोषाध्यक्ष समेत रहेका पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले पनि आफूलाई मन्त्री बन्ने इच्छामा राखेको माओवादी केन्द्र श्रोतले बताएका छ । तर उनी नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालाका कृषि मन्त्री भएका कारण उनलाई यो अवसरबाट बञ्चित गराईने तयारी पनि गरिएको छ ।
त्यसो हो भने किसानका कुरा बुझ्ने माओवादी भित्रबाट को कृषि मन्त्री बन्ला त ? प्रश्न उब्जिएको छ । कृषि मन्त्री बनाउनका लागि माओवादी केन्द्र भित्र पनि पुराना अनुहारलाई नदोहो¥याउने सोच पलाएका कारण अहिले नयाँ बन्ने कृषि विकास मन्त्रीका लागि माओवादी केन्दैका गोरखाका सांसद कृष्ण धितालको नाम अग्रपंक्तिका देखिएको छ । सम्भवत उनी नै देउवा नेतृत्वको सरकारमा कृषि मन्त्री बन्ने छन् ।
उनीसँगै अर्का सल्यानका सांसद टेकबहादुर बस्नेत पनि कृषि मन्त्री बन्न इच्छुक देखिएका छन् भने उनको नाम पनि मन्त्री बन्ने सिफारिस भित्र परेको श्रोतले बताएको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २१, २०७४