बिहिबार, बैशाख ६, २०८१

दूधमा पानी मिसाएर संस्थान डुबाउँदै

चितवन, जेठ/नक्कली किसान देखाएर भुक्तानी गरी दुग्ध विकास संस्थान डुवाउन संस्थागत रुपमा गरिएको अनियमिततालाई लुकाउन दुग्ध विकास संस्थानले चितवनको चनौली दूध चिस्यान केन्द्रका चार तहका रामकेवल याय यादवलाई बालाजु आयोजनामा सरुवा गरेको छ । चितवनको चनौली दुध चिस्यान केन्द्रमा किसानहरुबाट दैनिक संकलित पाँच हजार दूधमा एक हजार लिटर पानी मिसाएर बढी संकलन गरिएको लगत तयार किसानलाई भुक्तानी गरिएको देखाएर सरकारी संस्थानलाई डुवाउन दुग्ध विकास संस्थानका महाप्रवन्धकदेखि चिस्यान केन्द्रका खरिदारसम्मले सेटिङ्ग मिलाएर अनियमितता गरिरहेका छन् ।
ठूला कर्मचारीलाई बचाउन र सो अनियमितता लुकाउन चिस्यान केन्द्रका पानी मिसावट गर्ने मुख्य नाईके यादवलाई आयोजनामा सरुवा गरिएको खुल्न आएको छ । यादवले कार्यालयका तात्कालिन प्रमुख धनेश्वर यादवसंगकोे मिलेमतोमा किसानले जम्मा गरेको दुधमा दैनिक एकहजार लिटरसम्म पानी मिसाउने गरेको पाइएपछि उनीस“गै कार्यालय प्रमुख धनेश्वर यादवलाई समेत कार्वाही स्वरुप माथिल्लो निकायमा तानिएको चिस्यान केन्द्र श्रोतले बताएको छ । यादवले विभिन्न सहकारी संस्था, व्यवसायिक फर्मबाट संकलन हुने गरेको दुधमा दैनिक ५ सय देखि एक हजार लिटरसम्म पानी मिसाए आयोजनामा पठाउने गरेको खुल्न आएको छ ।
अहिले दुग्ध विकास संस्थानले कृषकलाई दिने दूधको मूल्य प्रतिलिटिर ४५ रुपैया“ सरदर पर्न आउ“छ भने चनौली चिस्यान केन्द्रमा सरदर दैनिक ६ हजार देखि ६५ सय सम्म दुध संकलन हुने गर्दछ । त्यसमा करीब १ हजार पानी मिसाउ“दा ७ हजार देखि ७५ सय सम्म दुधको चलान बनाएर अनियमितता गर्ने गरेको दुग्ध विकास संस्थान श्रोतले बतायो । श्रोतका अनुसार कर्मचारी रामकेवल राय यादवले मासिक १२ लाख रुपैया“ सम्म दुधमा पानी मिसाई घोटाला गरेका छन् । उनी माथिबाटै चलाइएका व्यक्ति भएकाले कार्वाही गर्नुको सट्टा केन्द्रमा सरुवा गरिएको अन्य कर्मचारीको गुनासो छ ।
दूधमा पानी मिसाएर आयोजनामा लैजाने गरिएको गुनासो बढेपछि छानविन गर्न दुग्ध विकास संस्थानका अध्यक्ष खेम थापा चनौली चिस्यान केन्द्र आएका थिए । अध्यक्ष थापा सहितको अनुगमन टोलीले छानविन गरी उनलाई त्यहा“बाट हटाउन बोर्ड बैठकमा कुरा अगाडि बढाउ“दा संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाले ‘उसलाई चलाउन हु“दैन’ भनेको संस्थान श्रोतले बतायो ।
कर्मचारी यादवले दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनालाई रकम पठाउने गरेकोले सरुवा गर्न नचाहेको तर संस्थानका अध्यक्ष लगायत बोर्डले दवाव दिएपछि मात्र बाध्य भएको श्रोतको भनाई छ ।
सो विषयमा दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिमल्सेनाले भने सो कुरा मिलिसकेकाले समाचार नबनाउन आग्रह गरेका थिए । कर्मचारीहरुको नियमित सरुवामा दुई कर्मचारी सरुवा गरिएको बताउंदै सानो कुरालाई किन ठूलो बनाउनु भन्दै उनी तर्किए । तर चितवनमा कार्यरत कर्मचारीहरु चिस्यान केन्द्रमा तयार गरिएको पुराना लगत र दूधको परिणाम सहित उल्लेखित किसानहरु नाम भिडाएर सत्यतथ्य बाहिर ल्याउन विगतदेखि नै माग गरेको भएपनि दुग्ध विकास संस्थानले त्यसो गरेको छैन । श्रोतका अनुसार चिस्यान केन्द्रबाट दुई कर्मचारी सरुवा गर्नु भन्दा अगाडि नै दूध संकलन गरिएको लगत नै नष्ट गरिएको छ । दुग्ध विकास संस्थानकै उच्च अधिकारीहरुको मिलेमतोमा सो कार्य भएकाले अख्तियारले नै छानविन गर्नु पर्ने उनीहरुले माग समेत गरेका छन् । बिल अधिकारी

प्रकाशित मिति: आइतवार, जेष्ठ ९, २०७३