मङ्लबार, बैशाख ११, २०८१

दूधको मूल्य बढ्यो

काठमाडौं, २८ फागुन । दूधको मूल्य बढाउनु पर्ने माग राख्दै आईरहेको व्यवसायीहरुको अन्ततः माग पुरा भएको छ । दुग्ध विकास संस्थानले आजका दिनदेखि नै लागु हुने गरी दुधमो प्रति प्याकेट रु. ३र ४ ले बृद्धि गरेको छ । दुग्ध विकास संस्थासनको निलो प्याकेटको दुध रु.२५ बाट रु २६ र हरियो दूध ३० बाट ३४ रुपैयाँ पुगेको छ ।
आजबाट लागू हुने गरी संस्थानले दूधको मूल्य बढाएपनि व्यवसायीहरुलाई त केही राहत भएको होला तर, उपभोक्ताहरु भने सरकारप्रति आक्रोशित बनेका छन् ।
दुधको मूल्य पटक पटक बढ्दै गएको भएपनि किसानहरुले भने अझैसम्म पनि आफूहरुले लागत मूल्य नपाईरहेको बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २८, २०७०