शनिबार, बैशाख ८, २०८१

दुग्धजन्य बस्तुमा मिसावट बढ्दै

सोलुखुम्वु, भाद्र । पछिल्लो समयमा दुग्धजन्य बस्तुको माग बढ्न थालेपछि त्यस्ता बस्तुमा मिसावट बढ्न थालेको छ । जिल्लामा दुग्ध जन्य बस्तुको माग बढ्न थालेको छ । मागको तुलनामा उत्पादन कम भएका कारण मिसावट बढ्न थालेको हो ।
विगतमा जस्तो गाउँघरमा पशुपालनमा कमी आएसँगै दूध उत्पादनमा पनि हरेक वर्षजसो ह्रास हुँदै आईरहेको छ । अहिले दूध प्रतिलिटर १ सय २० रुपैयाँसम्ममा खरिद विक्री हुँदै आईरहेको देखिन्छ । दूध उत्पादन कम भएसँग तरल दूधमा पनि मिसावट हुन थालेको उपभोक्ताहरुको भनाई छ ।
गाउँबाट बजारमा ल्याएने दूधमा मिसावट हुन्छ भनेर कसैले पनि शंका गर्ने ठाउँ थिएन । वितगमा बजारमा विक्री गर्न राखिएका दूध, दही, ध्यूहरु खरिद गर्नका लागि उपभोक्ताहरुले मिसाबट हुने शंका गरेर किसानकै हातबाट खरिद गर्दै आईरहेका थिए । तर अहिले समय उल्टो भएको छ । बजारमा राखिएका दुध तथा दूधजन्य बस्तुको कुरा छाडौं किसानहरुले ल्याउने दुधजन्य बस्तुमा पनि मिसावट हुन थालेको छ ।
दूध, दही तथा ध्यूहरुमा मिसावट हुनुको मुख्य कारण भनेको नै दूधको उत्पादनमा कमी आउनु र बजारमा दूध तथा दूधजन्य बस्तुको माग बढ्दै जानु रहेको किसानहरुले नै बताउँदै आईरहेका छन् ।

प्रकाशित मिति: सोमवार, भदौ ४, २०७५