शनिबार, बैशाख ८, २०८१

दुई वर्ष नपुग्दै छ जना सचिव कसरी होला काम ?

काठमाडौं मंसिर । कृषि विकास मन्त्रालयबाट विभाजन भई २०७२ साल पुस ९ गते स्थापना भएको पशुपन्छी विकास मन्त्रालयले आफ्नो स्थापनको करीव २३ महिनाका पुग्न नपाउँदै ६ जना सचिवका रुप हेरिसकेको छ । पछिल्लो समयमा सवैभन्दा पछाडि परेको मन्त्रालयका रुपमा परिचित हुँदै आएको पशुपन्छी विकास मन्त्रालयले छैठौं सचिवका रुपमा डा. विश्वनाथ ओली पाएको छ ।pasu minitry
गत कार्तिक २७ गतेको मन्त्रीपरिषद्ले विश्वनाथ ओलीलाई पशुपन्छी विकास मन्त्रालयको सचिवका रुपमा वातावरण मन्त्रालयबाट सरुवा गरेको थियो । विकासका लागि बाधक नै यतिखेर उच्च कर्मचारीको सरुवा रहेको छ । एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा भएको साता दिन नवित्दै पनि सचिवहरु सरुवा भएका घटना पशुपन्छी विकास मन्त्रालयमा नै छ ।
२३ महिनाको अवधिमा ६ सचिव पाउने भाग्यमानी मन्त्रालयका रुपमा पशुपन्छी विकास मन्त्रालय रहेको छ । जसका कारण सचिवहरुले देखाउन लायक कुनै पनि काम गर्न सकेका छैनन् । मन्त्रालय स्थापनासँगै पशुपन्छी विकास मन्त्रालयले डा. कृष्णचन्द्र पौडेल पाएको थियो भने त्यसपछि सो मन्त्रालयमो उत्तम कुमार भट्टराई दोस्रो सचिवका रुपमा आएका थिए । त्यस्तै गरी तेस्रो सचिवका रुपमा अन्नपूर्ण दासले मन्त्रालय सम्हालेका थिए भने चौथो सचिवका रुपमा डा. युवकध्वज जीसीले पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी लिएका थिए । त्यस्तै गरी पाँचौ सचिवका रुपमा डा. प्रकाश माथेमालाई केही समय अगाडि मात्र बन मन्त्रालयबाट पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको थियो । माथेमा पशुपन्छी विकास मन्त्रालयमा हाजिर भएको केही दिन वित्न नपाउँदै फेरि छैठौं सचिवका रुपमा डा विश्वनाथ ओली सरुवा भएर आएका छन् ।
पशुपन्छी विकास मन्त्रालयमा सवैभन्दा थोरै समय बिताउने छ सचिवहरु मध्ये अन्नपूर्णा दास र प्रकाश माथेमा नै हुन् । सचिव जस्ता उच्च पदस्थ कर्मचारीलाई साता दिन पनि वित्न नपाउँदै सरुवा गर्ने प्रबृत्तिका कारण मन्त्रालयले गर्ने विभिन्न कार्यक्रमहरु प्रभावित हुँदै गईरहेका छन् । भने सरुवा भएर आउनेजाने सचिवहरुको मनमा पनि निराशा पैदा भएको देखिन्छ । जसले प्रत्यक्ष रुपमा किसान हुनुपर्ने काम हुन सकिरहेका छैनन् ।

प्रकाशित मिति: आइतवार, मंसिर ३, २०७४