बिहिबार, बैशाख ६, २०८१

दाङका किसान मारमा

दाङ, १२ जेठ । उत्पादन गरेको तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसान मारमा परेका छन् । चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेको छ । तर तरकारी खपत हुन नसक्दा किसान मारमा परेका छन् । बेमौसमी तरकारीको देउखुरी बाहिर बजारीकरण हुन सकेको छैन ।
खपत भएको तरकारीको मूल्य समेत पाँचगुना घटेको किसान बताउँछन् । लमही नगरपालिका–६ घुम्नाकी सुनिता चौधरी बिहान तरकारी बोकेर लमही आउने गरे पनि सबै बिक्री नहुने र बिक्री भएको तरकारीको उचित मूल्य नपाएको गुनासो । बिक्री नुहँदा विचौलियाले न्यून मूल्यमा तरकारी माग्छन् । फर्काउनुभन्दा उचित मूल्य नपाउँदा पनि बिक्री गर्न वाध्य छौँ” उनले भने ।
तरकारीको बजार व्यवस्थापनका लागि सरोकारवालाले चासो नदिएको किसानको गुनासो छ । देउखुरी क्षेत्रमा चिस्यान केन्द्र समेत छैन । त्यस्तोमा विचौलियाले फाइदा उठाउने गरेका छन् । बजारीकरण गर्न कतैबाट सहयोग नपाइएको बेमौसमी तरकारी खेती गर्दै आएका हिरा चौधरीको भनाइ छ । जेठको पहिलो सातादेखि तरकारीको मूल्यमा कमी आएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १२, २०७३