बिहिबार, बैशाख १३, २०८१

तीन सय हेक्टरमा सिँचाइ

सल्यान,  वैशाख । जिल्लामा निर्माण गरिएका डेढ दर्जन बढी सिँचाइ कुलोबाट तीन सय १९ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको छ । लामो समयदेखि पानीको स्रोत भएर पनि सिँचाइ सुविधाबाट वञ्चित जिल्लाका सात गाविसमा सिँचाइ कुलो निर्माण गरिएपछि बाह्रैमहिना सिँचाइ सेवा उपलब्ध भएको हो ।
जिल्लाका लक्ष्मीपुर, कालीमाटी रामपुर, कालीमाटी कालचे, काप्रेचौर (हाल कालीमाटी गाउँपालिका) कुपिन्डेदह, माझकाँडा (हाल कुपिन्डे वनगाड नगरपालिका र काभ्रा गाविसमा निर्माण गरिएका सिँचाइ कुलोबाट करिब सात सय ६ घरपरिवारका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित  भएका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ३, २०७४