शुक्रबार, चैत्र १६, २०८०

तीन दिने खाद्य सुरक्षा तथा ग्रामिण विकास गोष्ठि शुरु

काठमाडौं, फागुन । खाद्य सुरक्षा तथा ग्रामिण विकासका लागि बागबानी क्षेत्रको अध्ययनका विषयमा तीन दिने अनुभव आदानप्रदान कार्यक्रम काठमाडौंमा शुरु भएको छ ।
कोइका छात्रृत्ति कार्यक्रम अन्र्तगत खाद्य सुरक्षा तथा ग्रामिण विकास स्नाकोत्तर तहको फलो अफ म्याजेनमेण्ट अन्तर्गत kyungpook National university ले सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा Instutue of International Research & Development , kyungpook National university का प्राध्यापक Hwaseok Hwang ले कोरियाको कृषि क्षेत्र मा ६औं औद्योगिकरण का लागि प्रयोग भएका आधुनिक एवं नयाँ प्रयोगहरुको बारेमा कार्यपत्र पेश गर्नु भएको थियो ।
उनले कार्यपत्र मार्फत कोरियाको कृषि क्षेत्रको औद्योगिककरणका लागि शहर र ग्रामिण क्षेत्रमा भएको समन्वय अभाव, घद्दै गईरहेको कृषिको जनशक्ति, कोरियाको वर्तमान कृषिको अवस्था, र कृषिमा आफ्नो वर्चश्व कसरी कायम गरेको छ भन्ने विषयमा जानकारी दिएका थिए ।
कोरियाको कृषि क्षेत्रको विकासलागि भएका आधुनिकीकरण, नयाँ प्रविधि मात्र होइन बजारीकरण सम्मको विकास क्रमका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जीसीको संयोजकत्वमा भएको सो कार्यक्रममा कृषि मन्त्रालय, विश्वविद्यालय तथा कृषिसँग सम्वन्धित विभिन्न संघसंस्थाका तीन दर्जन भन्दा बढीको सहभागीता रहेको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १, २०७५