बिहिबार, बैशाख १३, २०८१

करोड लागतमा मोतिपुरमा विउ प्रशोधन केन्द्र

बुटवल, चैत । खाद्यान्न विउमा आत्मनिर्भर बन्दै गएको रुपन्देहीमा सहकारी स्तरबाट पहिलो पटक विउ प्रसोधन तथा भण्डारण केन्द्र स्थापना भएको छ । बुटवल उपमहानगरपालिका–१९ मोतिपुरमा रहेको सिम्रीक कृषि सहकारी संस्थाले सामुदायिक विउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना गरेको हो । नेपाल सरकारको सिंचाही तथा जलसोत परियोजना अन्र्तगत करिव ३ करोड लागतमा उक्त विउ प्रसोधन तथा भण्डारण केन्द्रको स्थापना गरिएको हो । सहकारी संस्थाका अध्यक्ष ज्ञानेश्जर आचार्यका अनुसार करिव १० कठ्ठा क्षेत्रफलमा ८० प्रतिशत विश्व बैंकको ऋणअनुदानमा नेपाल सरकारको लगानी रहेको छ भने अन्य २० प्रतिशत लगानी कृषि सहकारी संस्थाले गरेको छ । अध्यक्ष आचार्य भन्छन्–‘विउ प्रसोधन केन्द्र सञ्चालनमा आएपछि रुपन्देहीलाई विउमा आत्मनिर्भर बनाउनको लागि थप सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ विउ उत्पादन मात्र गरेर मात्र नभएर यसको बजारीकरणमा समस्या रहेको भन्दै उनले नेपाल सरकार समक्ष सबै कृषि सहकारी संस्था तथा विभिन्न प्राईभेट कम्पनीहरुले उत्पादन गरेको विउलाई एकिकरण गरी बजार व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । butwal
संस्थाको उपाध्यक्ष गणेश बहादुर गाहाका अनुसार वि.स.२०५६ सालमा स्थापना भएको उक्त सहकारीले नेपालका ४ वटा मात्र सहकारले पाउने अनुदान प्राप्त गर्न सफल भई उक्त विउ प्रसोधन केन्द्र निर्माण गर्न सफल भएको हो ।
आयोजनका संयोजक राजेन्द्र मिश्रका अनुसार नेपाल सरकार सिंचाही तथा जलसोत आयोजना मार्फत २ करोड १८ लाख १ हजार ३ सय ९९ रुपैयाँ १२ पैसा नेपाल सरकारको लागानीरहेको छ भने बाँकी ९१ लाख २३ हजार ९ सय २३ रुपैयाँ सहकारीले लगानी गरेको हो । परियोजना संयोजक मिश्र भन्छन्–‘उक्त विउ प्रसोधन केन्द्रले प्रति घन्टा २ मेट्रिक टन बिउ प्रशोधन गर्न सक्ने क्षमता रहेको छ । ’
रुपन्देही जिल्लामा फिल्ड कार्यालय रहेको किसानका लागि उन्नत विउ विजन कार्यक्रम परियोजना प्रमुख लक्ष्मण प्रसाद पौडेलले किसानहरुमा अझै पनि उन्नत विउ प्रयोग गर्नुपर्दछ भन्ने धारणाको विकास नभएको भन्दै किसानहरुलाई जनचेतनाको स्तर बढाउनको लागि पनि यस्तो प्रकृतिको विउ प्रशोधन तथा भण्डारण केन्द्र स्थापना हुनुपर्ने बताउछन् । उनी भन्छन्–‘सहकारी भनेका देशको अर्थतन्त्रका खम्बाहुन, सहकारी मार्फत भएका लगानीहरुलाई सरकारले समेत पोत्साहन गर्नुपर्दछ ।’
जिल्ला विउस उत्पादक कृषक समुह रुपन्देहीका अध्यक्ष तथा अन्न्पूर्ण विउ प्रशोधन केन्द्रका अध्यक्ष नुर बहादुरा रानाले राष्ट्रिय गहुवाली अनुसन्धान केन्द्रले उत्पादन गर्ने विउ र अन्य प्राईभेट कम्पनीहरुले उत्पालन गर्ने विउमा नेपाल सरकारले अनुदानको लागि पछौटेपनको व्यवहार गरेको भन्दै उनले यस्तो कार्य नगर्नका लागि आग्रह गर्दछन् । उनी भन्छन् –‘विउ सबैले उत्पादन गर्ने हाईब्रेड विउ नै हो, गुणस्तरविना कसैले पनि विक्रि वितरण गर्न पाउदैन, तर सरकारले यसमा फरक प्रकृतिको व्यवहार गरेको छ, जसको कारण विउ उत्पादनक संस्थाहरु मारमा परेका छन् ।’
यस्तै, विउ उत्पादनक कृषक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष सुवोधराज उपाध्ययले नेपालमा उत्पादन हुने करिव ७० प्रतिशत विउ नीजी क्षेत्रबाट उत्पादन हुने भएको भएपनि सरकारले सरकारी तवरबाट मात्र उत्पादन भएका विउहरुलाई प्राथमिकीकरण दिएको भन्दै यसो नर्गन आग्रह गर्दछन् । सोत विउमा सरकारले अनुदान नदिएको भन्दै उनले मुल विउ र सोत विउमा अनुदान विना कसरी हाईब्रेड विऊ उत्पादन हुन्छ भन्ने विषयमा प्रतिपश्न समेत गरे । सरकारले कृषि जन्य अन्य उत्पादन ढुवानीको लागि साधानमा भन्सार छुट गरे जस्तै विउ ढुवानी, विउ प्रसोधन गर्ने मेसिनहरुमा पनि सरकार संग छुट माग गर्दछन् ।
यता, रुपन्देही जिल्लाका स्थानिय विकास अधिकारी युवाराज सुवेदीले कृषिको विकास विना देश समृद्धि नहुने भन्दै रुपन्देही कृषिको लागि नमुना जिल्ला हुँदा हुदै पनि सिंचाहीको अभावको कारण कयौ पटक कृषि प्रभावित भएको भन्दै यसको लागि जिल्ला परिषद्बाट कृषि र पर्यटनलाई प्राथमिकिकरणमा राखिएको बताउछन् । उनी भन्छन्–‘सुगम जिल्ला हुदा हुदै पनि सिंचाहीको समस्या रहेको छ, अहिले सिंचाही व्यवस्थापनको लागि जिल्ला परिषद्बाट प्राथमिकीकरण निर्धारण गरिएको छ ।’
विश्व बैंकका टाक्स टिम लिडर डा. पुर्ण बहादुर क्षेत्रीले विउ प्रशोधन केन्द्र निर्माणको लागि धेरै सहकारीहरुले निवेदन दिएको तर बुटवलको सिम्रीक कृषि सहकारी संस्थाले अन्य भन्दा बढि तत्परता देखाएको कारण योजना अगाडी बढाइएको जानकारी दिए ।
कृषि विभागका महानिर्देशक डा. युवकध्वज जि.सी.ले कृषिको माध्यमबाट देश विकासको परिकल्पना गर्न सकिने भन्दै उन्नत विउविजन, सिंचाही र मलखातको प्रयोग गरि सिमित क्षेत्रफलबाट पनि धेरै ठुलो लाभ लिन सकिने बताउछन् । उनी भन्छन्–‘अवको खेती भनेकोे उन्नत विउ विजन प्रयोग गरि खेतीमा यान्त्रीकरण गरेर कृषि कर्म अगाडी बढाउनुपर्दछ, अनि मात्र देश समृद्धि हुन्छ ।’
कृषि विकास मन्त्रालयका सह सचिव कासीराज दाहालले नेपालमा कृषि क्षेत्रको विकासको लागि सहकारी क्षेत्रको योगदान दिएको भन्दै जिल्ला विकास समितिले २० प्रतिशत भन्दा बढि बजेट कृषि क्षेत्रमा लगाउनको लागि आग्रह गर्दछन् । उनी भन्छन्–‘सरकारले कृषि जन्य उत्पादनको मुल्य निर्धारण गर्ने समेत तयारी गरेको छ, जसको कारण उत्पादित बस्तु बजारी करण र उचित मुल्य किसानहरुले पाउनेछन् भन्ने विश्वास लिएका छौं ।’कृषिको विकासका लागि कृषिजन्य उत्पादन तथा भण्डारको पहिले प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने समेत उनको भनाई रहेको छ ।
यता, नेपाल सरकारका कृषि सचिव उत्तम कुमार भट्राईले सरकारले नै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतमा राखेको भन्दै पछिल्लो समयमा किसानहरुले उन्नत विउ प्रयोग गर्ने क्रम बृद्धि भएको जानकारी दिए । उनका अनसार कृषिमा उत्पादन बढाउनुको उत्तम विकल्प भनेको हाईब्रेड जातको विउको प्रयोग बढाउनुनै हो । उनी भन्छन्–‘नेपालमा अहिले प्रति हेक्टर ३.३ मेट्रिक टन धान उत्पादन हुदै आएको छ , हामी नयाँ कृषि विकास रणनीति स्वीकृत गरेर कार्यान्वयनको चरणमा रहेका छौ । ’रुपन्देहीमो मोतिपुरमा स्थापना भएको विउ प्रसोधन तथा भण्डारण केन्द्र नेपालका ४ वटा केन्द्र मध्ये एक हो । आधा बिगाहा क्षेत्रफलमा फैलिएका। केन्द्रले खाद्यान्नका उन्नत बिउ उत्पादन गर्ने र भण्डारण समेत गर्नेछ । अहिलेका लागी तत्काल मसिनो र बासनदार चामलका लागी आबश्यक धानको उन्नत बिउ बजारमा ल्याउने सस्थाले जनाएको छ । २०५६ सालमा स्थापना भएको सिम्रिक कृषी सहकारी सस्थामा ३सय३९ शेयर सदस्य छन् ।  -कृष्ण खनाल

प्रकाशित मिति: शुक्रबार, बैशाख १०, २०७३