बिहिबार, बैशाख ६, २०८१

तरुलको भाउ ह्वात्तै बढ्यो, विचौलियाको चलखेल

काठपमाडौं, माघ १ । आज माघे संक्रान्ति । किसानहरुले उत्पादन गरेको तरुल पर्वका रुपमा यसलाई लिने गरिन्छ । तर किसानहरुलाई फाइदा पुग्नु पर्ने तरुलको विक्रीले व्यापारी र विचौलियालाई मात्र फाइदा पुगेको छ । संक्रान्तिलाई लक्षित गरी व्यापारीहरुले तरुलको भाउ बढाएको आरोप लागेको छ । अघिल्लो सातासम्म प्रतिकेजी ३८ रुैपैयाँ रहेको तरुलको मूल्य आईतबार बेलुका प्रतिकिलो ६८ रुपैयाँ पुगेको छ । नारायणगढ मुङ्लिङ्ग सडकको कारण देखाउँदै तरकारी तथा फलफूल व्यवसायी संघले मूल्य बृद्धि गर्नु परेको जानकारी दिएको छ । माघे संक्रान्तिको मौका छोपी विचौलियाहरुले तरुलको मूल्य बृद्धि गरेको तरकारी व्यापारीहरुले आरोप लगाएका छन् ।
तरुलसँगै अन्य तरकारीहरुको मूल्य पनि एकै दिनमा ह्वात्तै बढेको छ ।

प्रकाशित मिति: सोमवार, माघ १, २०७४