मङ्लबार, बैशाख ४, २०८१

तरकारीमा प्रतिवन्धित विषादी प्रयोग भएको पुष्टि

काठमाडौं, जेठ । बजारमा भित्रिने तरकारीका छ्यापछ्याप्ती विषादीको प्रयोग हुने गरेको भेटिएको छ । वाली संरक्षण निर्देशनालयले सवै तरकारी र फलफूलमा ५ देखि १० प्रतिशतसम्म विषादीको मात्रा प्रयोग हुने गरेको बताएको छ ।
बाली संरक्षण अधिकृत मानबहादुर क्षेत्रीले गोलभेंडा, करेला, काउली, सिमी, बोडीमा बढी मात्राका विषादी प्रयोग हुने गरेको बताएका छन ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा दैनिक ७० भन्दा बढी किसिमका तरकारी र फलफूल भित्रिने गरेको छ । क्षेत्री कै नेतृत्वमा टोली खटिएर विषादीको मात्रा जाँच गभए पनि पर्याप्य भने छैन । बाली संरक्षण निर्देशनालयबाट खटिएको टोलीले दैनिक ८ देखि १० वटा तरकारीको मात्र नममूना परीक्षण गर्ने गरेको छ ।
कृषि प्राविधिकको सल्लाह बमोजिम मात्रै तरकारी तथा फलफूलमा विषादीको प्रयोग गरिनु पर्ने उनले बताए । कुल विषादीको ३ प्रतिशत घातक अर्थात प्रतिवन्धित विषादी किसानले प्रयोग गर्ने गरेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २४, २०७५