बिहिबार, चैत्र १५, २०८०

डिडिसीका निमित्त महाप्रवन्धक कमाउधन्दामा, चिस्यान केन्द्रबाटै कमिशन


काठमाडौं, चैत्र । कहिले धूलो दूध त कहिले कोलिफार्म । कहिले दूधमा पानी मिसाएर खाने गरेको कमिशनले चर्चा पाउँदै आएको दुग्ध विकास संस्थान अहिले फेरि विवादमा आउन थालेको छ ।
लामो समयदेखि महाप्रवन्धक विहिन रहेको संस्थानमा बर्षौदेखि निमित्त महाप्रवन्धकले संस्थान हाकिरहेका छन् । निमित्त महाप्रवन्धक भएर आएका ईश्वरी न्यौपाने अहिले मात्र होइन पहिले पनि विवादमा मुछिएका व्यक्ति हुन् ।
विराटनगर शाखामा रहँदा पनि आर्थिक अनियमितमा मुछिएिका न्यौपानेलाई त्यहाँबाट बालाजु आयोजनमा सरुवा गरिएको थियो । बालाजुमा रहँदा समेत चिस्यान केन्द्र तथा दूध संकलन केन्द्रबाट रकम असुली गर्ने आरोप उनलाई लागेको थियो ।
आयोजनामा रहँदा चितवनबाट ल्याउने दूधमा पानी मिसाएर नक्कली किसान खडा गरी किर्ते हस्ताक्षर गर्न लगाएर दूधको परिमाण बढाएको देखाएर लाखौं कुम्ल्याउन सफल भएका थिए ।
संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिमिल्सेनाले अवकाश प्राप्त गरेपछि उनलाई बालाजुबाट निमित्त महाप्रवन्धकका रुपमा ल्याएको थियो । उनी आएदेखि नै दुग्ध विकास संस्थानमा कमिशनको जालो मौलाउन थालेको छ । चिस्यान केन्द्रबाट कमिशन उठाउने सर्कुलर जारी गरेर मोटो रकम असुल्दै आईरहेका छन् । आगामी वैशाख १९ गते समयहदका कारण अवकाश प्राप्त गर्न लागेका ईश्वरी न्यौपाने महाप्रवन्धक बन्नका लागि दौडधूप गरेका मात्र होइन त्यसैको बहानामा दैनिक ३ लाखका दरले संस्थाका सवै आयोजना, चिस्यान केन्द्रलाई रकम तोकेरै १५ दिनमा बुझाउन कर्मचारीलाई निर्देशन दिएको एक चिस्यान केन्द्रका कर्मचारीले बताए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २६, २०७५