मङ्लबार, बैशाख ११, २०८१

डा सुरोज पोख्रेल सचिवमा बढुवा

काठमाडौं, मंसिर । पशुपन्छी विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले गत मंसिर १८ गते उमेर हदका कारण अवकाश प्राप्त गरेपछि एक सातादेखि पशुपन्छी विकास मन्त्रालय सचिव विहिन अवस्थामा छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले पशुपन्छी विकास मन्त्रालयका लागि मन्त्री समेत चयन गर्न नसकेर प्रधानमन्त्री दाहालले नै सो मन्त्रालय सम्हालिरहेका छन् । मन्त्री र सचिव विहिन अवस्थामा अहिले मन्त्रालय चलिरहेको छ । dr-suroj
मन्त्रालयले मन्त्री नपाएपनि सचिव भने पाएको छ । अहिले सांझ सम्पनन मन्त्रिपरिषद्को वैठकले वरिष्ठताका आधारमा डा सुरोज पोख्रेललाई सचिवमा बढुवा गरेको छ ।  सचिव रिक्त रहेको १५ दिन भित्र रिक्त सचिव पदका लागि क्लष्टर भित्रका तीन सहसचिव वरिष्ठताका आधारमा बढुवाका लागि सिफारिस गर्ने नियम रहेको छ । सोही बमोजिम कृषि विकास मन्त्रालयबाट दुई सहसचिवहरु डा सुरोज पोख्रेल र डा युवकध्वज जिसी सिफारिसमा परेका थिए । भने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव प्रकाश माथेमा पनि सचिव बढुका लागि सिफारिसमा परेका थिए ।
बढुवा भएका सचिव पोख्रेललाई क्लष्टरका आधारमा पशुपन्छी विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिने सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २६, २०७३