बुधबार, बैशाख १२, २०८१

झापामा मात्र १ करोडको भारतीय फूल आयात

झापा, कार्तिक । पूर्वी नाका काँकडभिट्टा हुँदै झापामा यस वर्ष तिहारका लागि रु एक करोडको फूल आयात भएको छ । तिहारका लागि अत्यावश्यक सयपत्री र मखमली फूलको जिल्लामा व्यावसायिक खेती नहुँदा भारतबाट वर्षेनी फूलको आयात बढ्दै गएको छ । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले झापामा तिहारका लागि यस पटक रु एक करोड बराबरको फूल आयात भएको जानकारी दिए ।

/fhwfgLsf] sfnLdf6L l:yt ;okqL km"nsf]df Jofkf/ ub}{ k'ik Jofkf/L km"nsf] d'No cfsf;LP kl5 jhf/df ljlqm sdePsf] 5 . tl:a/ M k|bLk/fh jGt,/f;;

“झापामा मागअनुसारको १० प्रतिशत पनि फूल उत्पादन हुँदैन”, उनले भने, “व्यावसायिक रुपमा फूलखेती नहुँदा वर्षेनी मोटो रकम भारत जाने गरेको छ ।” उनले फूलको व्यावसायिक खेतीका लागि किसानलाई सरोकारवाला निकायले प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने जोड दिए ।
नेपाली उपभोक्ताले भारतको सीमावर्ती बजारबाट पनि सोझै फूल किनेर ल्याउने गरेका छन् । नेपाली बजारभन्दा सस्तो हुने भएपछि उनीहरू किनमेलका लागि त्यता जाने गरेका हुन् ।
फूलको व्यावसायिक खेती नहुँदा र गाउँघरमा लगाइएको फूल पनि पर्याप्त मात्रामा नफूल्दा यस वर्ष झापामा फूलको अभाव देखिएको छ । भद्रपुर नगरपालिका–८ की कल्पना पाण्डेले अघिल्लो वर्षझैँ आफूले फूल लगाए पनि छिटफुट रुपमा मात्र फुलेको बताए । “लक्ष्मी पुज्नदेखि भाइटीकासम्म फूल नभई हुँदैन”, उनले भने, “बजारमा पनि फूलको मूल्य बढेको छ ।
घर–आँगनमा सयपत्री फुलेर तिहारको पूर्व संकेत गर्ने गरेपनि यस वर्ष त्यस्तो नभएको सोही स्थानकी बिना श्रेष्ठले बताइन् । “घरलाई चाहिने पुगेर पनि छिमेकीलाई थोरबहुत दिन पुग्थ्यो”, उनले भनिन्, “यसपालि त के भयो फूल नै राम्ररी फुलेन ।”
अघिल्लो वर्ष प्रतिमाला रु २० देखि ५० सम्म खरिद गरिएको फूल यस वर्ष रु ८० देखि १०० सम्म पर्ने गरेको छ । पर्याप्त मात्रामा फूल उत्पादन नभएपछि यहाँका व्यापारीले प्लास्टिकको फूल बढी आयात गरेका छन् । बिर्तामोडका व्यवसायी दीपक शाहले सयपत्री फूल नहुँदा भारतबाट प्लास्टिकको माला ल्याएर बेचिरहेको बताए । – सन्तोष शर्मा

प्रकाशित मिति: आइतवार, कार्तिक ५, २०७४