शुक्रबार, बैशाख ७, २०८१

जोन, सुपर जोनले उत्पादकत्व बृ्द्धि होला

काठमाडौं, पौष । पछिल्लो समयमा कृषि लगानी जुन किसिमले बढिरहेको छ  । त्यो अत्यधिक मात्रामा बढ्दै गईरहेको छ । सानो सानो लगानी बाटै भएपनि कृषि उत्पादकत्व बृद्धि गर्ने काममा युवा पुस्ताहरु यतिखेर सक्रिय भएर लागेको पनि देखिन्छ । तर सानो आकारमा कृषि क्षेत्रमा गरिएको लगानीलाई सुरक्षित र थप उर्जा थप्ने काम जसरी कृषि विकास मन्त्रालयले गर्नु पर्ने थियो गर्न सकेको छैन । ministry-of-agriculture
व्यवसायिक रुपमा सञ्चालनमा ल्याउन लागिएका ठूला ठूला फार्म वा उद्योगहरुलाई गरिएको लगानी कतिपय सदुपयोग भएको देखिंदैन भने केहीले निकै नै कष्टकर रुपमा व्यवसाय सञ्चालन पनि गरिरहेका छन् । अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जोन,सुपर जोन, व्लक तथा पकेट क्षेत्र निर्धारण गरिएको भएपनि उत्पादन बृद्धि कहिले र कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो ।
अहिले जुन किसिमले कृषि उत्पादकत्व बृद्धि गर्ने अभियानमा कृषि विकास मन्त्रालयले नेपाल सरकारकै बजेटबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ल्याएको छ । त्यसलाई सार्थक तुल्याउने हो भने उत्पादनमा क्रियाशील ररहने सवैभन्दा तल्लो तहका किसान मैत्री कार्यक्रम ल्याउनु जरुरी छ । जवसम्म प्रत्यक्ष रुपमा खेतमा काम गर्ने किसानमैत्री कार्यक्रम योजना बनाईदैन तवसम्म जोन वा सुपर जोन जे घोषणा गरेर जति नै रकम खर्च गरिएपछि उत्पादन बढाउन सकिंदैन । ६५ देखि ६७ प्रतिशत जनता कृषिमा आत्मनिर्भर छन् भन्नु भन्दा पनि १५ प्रतिशत कृषिमा संलग्न छन् । सवै व्यवसायिक छन् जसले आत्मनिर्भर बनाएका मात्र होइन नेपाली कृषि उपज निर्यात गर्न समेत सम्भव भएको छ भन्ने उदाहरण पेश गर्न सक्नु पर्दछ ।
जोन, सुपर जोन नामले मात्र होइन कामले नै ती क्षेत्रलाई जोन र सुपर जोन जस्तो बनाउनु महत्वपूर्ण छ । उत्पादन बृद्धि नगरी कुनै पनि जोन र सुपर जोन सफल हुन सक्दैन । त्यसकारण पनि उत्पादन क्षेत्रमा संलग्न किसानहरुलाई लक्षित गरी कृषि विकास मन्त्रालयले जोन र सुपर जोनलाई अगाडि बढाउनु पर्दछ । १० बर्षे कार्ययोजना सहित आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नै नेपालको कृषि क्षेत्रको दीर्घकालिन विकास र मुलुकको आर्थिक मेरुदण्ड बलियो बनाउनका लागि प्रतिवद्ध बनाउन पनि किसाननै प्रमुख प्राथमिकतामा पर्नु पर्दछ । जव किसानले उत्पादन गर्दछन्, त्यसपछि मात्र बजारीकरण र गुणस्तरताको कुरा आउंछ अन्यथा केवल जोन सुपर जोनको एउटा कथा विस्तार बाहेक केही नहुन सक्छ ।

प्रकाशित मिति: आइतवार, पुस ३, २०७३