बिहिबार, बैशाख ६, २०८१

जुम्लाको एकमात्र निर्यातमुखी बालीका रूपमा स्याउ

खलङ्गा, असार  । जुम्लाको स्याउलाई कसरी व्यवस्थित बजारीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । जिल्ला कृषि विकास कार्यालय, जुम्लाको आयोजनामा जिल्लामा उत्पादित स्याउ बजारीकरणमा ध्यान दिनुपर्ने विषयमा सरोकारवाला निकायसँग छलफल तथा सुझाव सङ्कलन गरिएको हो । jumla apple
कृषि विकास कार्यालयले जिल्लामा लगाइएको स्याउको बिरुवा, उत्पादन हुने स्याउ र बजारीकरणको अवस्था विषयमा कार्यपत्र सार्वजनिक गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले प्रस्तुत गरेको प्रतिवेदनमा जुम्लाको एकमात्र निर्यातमुखी बालीका रूपमा स्याउ रहेको बताइएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४मा जुम्लाको तीन हजार ४५० हेक्टर क्षेत्रफलको जमिनमा १० लाख ३५ हजार स्याउका बिरुवा रोपिएका छन् । रोपिएका बिरुवा मध्ये तीन हजार १५० टन स्याउ जुम्लामा आर्थिक वर्ष २०७३÷७४ मा फलेको जानकारी प्राप्त भएको छ । फलेको स्याउ मध्ये दुई हजार पाँचसय बीस टन ९६० प्रतिशत० जिल्लाबाट निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषि कार्यालयले जुम्लाको प्राङ्गारिक स्याउ सुर्खेत, नेपालगञ्ज, काठमाडौँ, दाङ, बुटवल, नारायणगढ, दैलेख, जाजरकोट, सुदूरपश्चिम र पूर्वका विभिन्न जिल्लाको बजारमा गइरहेको बताइएको छ ।
कृषि विकास कार्यालयका अनुसार जुम्लाको स्याउ निर्यातको मुख्य आधार प्राङ्गारिक मूल समिति र जिल्ला कृषि विकास कार्यालयको आन्तरिक निरीक्षण, बाह्य निरीक्षण र प्रमाणीकरण गरी स्टिकर लगाई निर्यात हुने गरेको छ ।
यसैगरी प्राङ्गारिक स्याउ निर्यातका चुनौतीमा हरिया साना स्याउको टिपाइ र निर्यात, ढुवानी गर्दा स्ट्यान्डर्ड कार्टुनको प्रयोगमा कमी, बोरामा स्याउको ढुवानी, ग्रेडिङ नगरी निर्यात गर्ने, उत्पादक आफैले व्यापार गर्ने र माग नबुझी स्याउ निर्यात गर्ने रहेका कँडेलले बताएको गोरखापत्रले प्रकाशन गरको छ ।

प्रकाशित मिति: मङ्लबार, असार २०, २०७४