शुक्रबार, चैत्र १६, २०८०

जलवायु प्रकोप समुत्थान आयोजनामा घिमिरे

काठमाडौं, मंसिर । कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबाट किसानहरुलाई सुरक्षित गराउने उदेश्यले विश्व वैकको सहयोगमा सञ्चालित कृषि विकास मन्त्रालय मातहतका जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाको प्रमुखमा विष्णु घिमिरे पुगेका छन् ।bisnu-ghimire
लामो समयसम्म सोही आयोजनामा काम गरिसकेको घिमिरे बढुवा भएर कृषि तालिम निर्देशनालयका निमित्त कार्यक्रम निर्देशकका रुपमा कार्यतर थिए । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका बारेमा जानकार मानिएका घिमिरेलाई गत हप्ता नै कृषि विकास मन्त्रालयले तालिम निर्देशनालयबाट सरुवाका लागि सामान्य प्रशासन मन्त्रालय पठाएको थियो । सामान्य प्रशासन मन्त्रालय सरुवा स्वीकृत भएर आएपछि सोमबारै घिमिरे आयोजना प्रमुखका रुपमा जिम्मेवारी थालेका छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर १३, २०७३