शुक्रबार, चैत्र १६, २०८०

जलवायु परिवर्तनको असरलाई कम गर्न मौसम अनुकूलको बाली लगाउन कृषकलाई सुझाव

krishilogoबनेपा, ७ कार्तिक। विभिन्न बालीमा हुने क्षति न्यूनीकरणका लागि काभ्रेपलाञ्चोकमा ४३ थान किसान सिम वितरण हुने भएको छ । जलवायु परिवर्तन तथा समुत्थान आयोजना मार्फत जिल्ला कृषि विकास कार्यालयले जिल्लाका २६ कृषकलाई दुई साताभित्रै सो सिम वितरण गर्ने बाली विकास अधिकृत थर्क जिसीले बताए । जिल्ला पशुसेवा कार्यालयबाट पनि १७ थान सिम वितरण हुने र यसबाट कृषकले जलवायु परिवर्तनबारे जानकारी पाउने उनले जानकारी दिए। जिल्लाको महादेवस्थान, पाँचखाल, गोकुले र धुलिखेल क्षेत्रमा ती सिम वितरण गरिनेछ । जलवायु परिवर्तनको असरलाई कम गर्न मौसम अनुकूलको बाली लगाउन कृषकलाई सुझाव दिँदै सिम वितरण क्षेत्रमा वर्षा मापनयन्त्र र सापेक्षिक आर्द्रता मापनयन्त्र समेत राखिने पनि अधिकृत जिसीले बताए  ।

धुलिखेलमा आयोजना भएको जलवायु परिवर्तन र यसले पारेको प्रभाव सम्बन्धी अन्तक्र्रियामा कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख मीनप्रसाद बूढाथोकीले जलवायु परिवर्तनले बालीनालीमा ठूलो क्षति पु¥याएको छ भने । क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ बागबानी अधिकृत बोमबहादुर थापाले बीउविजन उत्पादन र फलफूल उत्पादनमा समेत यसले नकारात्मक प्रभाव पारेको जानकारी दिए । वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले जलवायु परिवर्तन चुनौतीपूर्ण भएको उल्लेख गर्दै कृषकलाई सचेत हुन आग्रह गरे ।

प्रकाशित मिति: आइतवार, कार्तिक ७, २०७३