शुक्रबार, चैत्र १६, २०८०

जमीन बाँझो राख्नेलाई कर लगाउने

काठमाडौं, भाद्र । गाविसबाट नगरपालिका बनेका नयाँ नगरपालिका मध्ये काठमाडौंको सवैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको चन्द्रागिरी नगरपालिकालो जमीन बाँझो राख्नेलाई कर लगाउने भएको छ । नगरपालिकाले जमीन संरक्षण गर्नका लागि एक वडा एक उद्यान, जमीन बाँझो राख्नेलाई कर लगाउने नीति ल्याएको हो । नगरक्षेत्रमा एक घर दुई बिरुवा नीतिमा कडाइ, सामुदायिक अस्पताल निर्माण, नगरपालिकाभित्रका परम्परागत एवं जीवन्त बाजा, पर्व संरक्षण तथा प्रवद्र्धन गर्ने नीति चन्द्रागिरि नगरपालिकाल नगरपालिकाले लिएको छ ।
नगपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क बनाएको छ । ती सेवामा नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धबिच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिश, स्वास्थ्य, पेन्सन, रातोकार्ड प्राप्त भूकम्पपीडितका नक्शापास दस्तुर छुटसम्बन्धी सिफारिशलगायतका रहेका छन्् ।
साविकका नयाँभञ्ज्याङ, बाडभञ्ज्याङ, पुरानो भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ, नैकाप गाविस समेटेर २०७१ मङ्सिर १६ गते सरकारले सो नगरपालिका घोषणा गरेको थियो । पछिल्लो जनगणनाअनुसार नगरपालिकाको जनसङ्ख्या ८६ हजार १९८ र घरधुरी सङ्ख्या २० हजार ५३२ रहेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ १०, २०७५