शुक्रबार, बैशाख ७, २०८१

छ महिना नपुग्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको व्यापक सरुवा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका सहसचिव एवं प्रदेशमा कार्यरत प्रदेश सचिवहरुको व्यापक सरुवा भएको छ । हाल सरुवा भएका सहसचिवहरुको छ महिना नवित्दै सरुवा भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हल्लीखल्ली मच्चिएको छ ।

सरुवामा धेरै नै कर्मचारीहरुले असहमत जनाए पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको भन्दै पन्छन खोजेको छ ।

सरुवा हुने सहसचिवहरुमा मन्त्रालयमा कार्यरत सवनम सिवाकोटीलाई प्रदेश नं ४ गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयको योजना महाशाखामा कार्यरत राजेन्द्र प्रसाद मिश्रलाई सुदूर पश्चिम सरुवा गरिएको छ सो मन्त्रालयमा कार्यरत किसन लाल भट्टलाई मन्त्रालय तानिएको छ ।(हे्र्नुस लिष्ट)

त्यस्तै पशु सेवा विभागमा उपमहानिर्देशकका रुपमा कार्यरत डा सम्झना काफ्लेलाई प्रदेश नं. २ मा पठाइएको छ । भने प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत डा विमलकुमार निर्मललाई मन्त्रालय ल्याएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता वैद्यलाई भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कणाली प्रदेशको सचिवमा सरुवा गरिएको छ । सो मन्त्रालयका कार्यरत गोविन्दप्रसाद शर्मालाई भने पुन मन्त्रालय नै तानिएको छ ।

त्यस्तै मन्त्रालय मातहतमा नै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा कार्यरत सहसचिव रेवतीरमण पौडेललाई प्रदेश नं ५ बुटवल पठाइएको छ भने सो मन्त्रालयका कार्यरत तेजबहादुर सुवेदीलाई पुन मन्त्रालयमा नै तानिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७