शुक्रबार, बैशाख ७, २०८१

छत्रदेवमा कृषिवन शिक्षालय

अर्घाखाँची, ७ माघ । छत्रदेव गाउँपालिका वडा नं ४ स्थित मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद ्(सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ ।
विसं २०७४ कात्तिकदेखि नियमित कक्षा सञ्चालन भएको उक्त शिक्षालयमा ४० विद्यार्थी अध्ययनरत छन् । शिक्षा मन्त्रालय र सिटिइभिटीको लगानीमा भवन निर्माण भएको छ । छात्रावास तथा प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् ।
बिहान ६ बजेदेखि अपराह्न २ बजेसम्म एग्रिकल्चरको स्नातक तहको कक्षा प्रारम्भ भएको शिक्षालयका प्रअ टीकाराम तिमिल्सेनाले बताए । लुम्बिनी अञ्चलमा कृषि तथा वन विज्ञान विषयको प्राविधिक शिक्षाको आवश्यकता खड्किरहेको थियो ।

प्रकाशित मिति: आइतवार, माघ ७, २०७४